सिरहामा गोली चल्यो भारतीय लागूऔषध कारोबारी पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

533
SHARES
730
VIEWS

सिरहा– सिरहामा प्रहरीले गोली चलाएर एक जना भारतीय नागरिक लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको बिहार राज्य, मधुवनी जिल्ला निवासी अन्दाजी २४ वर्षीय अब्दुल कलाम रहेका छन् ।

खुट्टामा गोली चलाएर प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ।
भारत संग सिमाना जोडीएको सिरहाकाे नवराजपुर गाउँपालिका-४ स्थित लागूऔषध कारोबारको डिल भइरहेको भन्ने विशेष सूचनाकाे आधारमा प्रहरी परिचालन गरेको थियो ।

प्रहरीको सर्चको क्रममा लागू औसध कारोबारमा संलग्नलाई नियन्त्रणमा लिन खोज्दा उनीहरूले प्रतिरोध गरेपछि गोली चलेको प्रहरीले जनाएको छ ।

प्रहरीको गोली लागेर घाइते भएका कलाम लाई प्रादेशिक अस्पताल सिरहामा भर्ना गरिएको छ । उनीहरूको साथबाट प्रहरीले प्लास्टिकसहित १सय २२ .८ मिलि ग्राम ब्राउनसुगर जस्तो देखिने लागूऔषध बरामद गरेको छ ।

सुचना अधिकारी पालका अनुसार उनिहरुले दुई ओटा मोटर साइकलमा चारजना आएका थिए प्रहरिले गोलि चलाउदा ३जना फरार भएको जनाएका छन । प्रहरिले घटना स्थलबाट दुई थान भारतिय नम्बर पलेटकाे माेटर साइकल समेत बरमद गरेको जनाएको छ । उनिहरु भारत तर्फ नै भागेकाले जनाएको छ ।

सिरहामा केही दिन अघि पनि सिरहा प्रहरीले गोली चलाएर दुई भारतीय लागूऔषध कारोबारीलाई पक्राउ गरेको थियो ।घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी रमेश बहादुर पालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित