गोलबजार नगरपालिका पूर्णखोप सुनिश्चितता र दिगोपना घोषणा

Picture of हरियो पाटी

हरियो पाटी

530
SHARES
726
VIEWS

सिरहा– सिरहाकाे गोलबजार नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएसँगै गोलबजार नगरपालिकालाई आज शुक्रबार पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

जन्मेदेखि १५ महिना भित्रका एक हजार ७ सय ७ जना बालबालिकाले नियमित खोप लगाइरहेको र १६ महिनादेखि ५९ महिनासम्मका एक हजार नौ सय २३ जना बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चितता भएपछि जिल्लाको गोलबजार नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएको छ ।

१३ वटा वडा हरेको गोलबजार नगरपालिका क्षेत्रभित्र रहेका सबै बालबालिकाले पूर्ण खोप लगाएको निश्चित भएपछि पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको गोलबजार  नगरपालिकाका नगर प्रमुख तथा खोप समन्वय समितिका सदस्य सचीव श्याम कुमार श्रेष्ठले बताउनुभयो ।
पूर्णखोप सुरक्षित भविष्य’ भन्ने मूल नारासहित एक

समारोहबिच आज नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना नगरपालिकाको रुपमा घोषणा गरिएको हो । राष्ट्रिय खोप तालिका अनुसार तोकिएका उमेर समूहका बालबालिकाहरुले सबै खोपको मात्रा पुरा गरेको गोलबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सरोज कर्णेले जानकारी दिनुभयो ।

चालु वर्षमा सिरहा जिल्ला भित्रका लहान र धनगढीमाइ नगरपालिकाले पनि पूर्ण खोप सुनिश्चिता घोषणा गरिएको छ ।

जिल्ला भित्रका सबै स्थानीय तहहरु घोषणा गरेर असार  २५ सम्मा जिल्लालाई नै पूर्णखोप सुनिश्चित घोषणा गर्ने योजना रहेको जिल्ला खोप समन्वय समिति सिरहाका अध्यक्ष दिनेश कुमार महतो जनाएको छ ।

खोप निर्देशिका अनुसार आवश्यक सबै प्रक्रियाहरु पुरा गरेर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुख कर्णले बताए  ।

बालबालिकाहरुले पोलियो, दादुरा, हेपाटाईटिस,जापानीज ईन्सेफ्लाईटिस रुबेला, झाडापखाला, टाईफाइडलगायत रोगहरुको विरुद्धमा पाउनुपर्ने विभिन्न १३ प्रकारका खोपको सबै मात्रा पुरा गरेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित