गोलबजार नगरपालिकाको १५ औं नगरसभा सम्पन्न, साडे ७५ करोड बार्षिक बजेट प्रस्ताव

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

सिरहा, १० असार। सिरहाको गोलबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४को लागि ७५ करोड ५६ लाख ८६ हजार बराबरको बार्षिक बजेट प्रस्तुत गरेको छ। बुधबार सम्पन्न १५ औं नगर अधिवेशनमा नगर उपप्रमुख मानती कुमारी साहले चालुतर्फ ५६ करोड २१ लख ८६ हजार तथा पूँजीगततर्फ १९ करोड ३५ लाख रुपैयाको विनियोजित बजेट प्रस्ताव प्रस्तुत गरेको हो।
बजेट कार्यान्वनयका लागि संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदान, राजस्व बाँडफाँड, आन्तरिक आय तथा गत आर्थिक वर्षको मौज्दात (आल्या)सहित विभिन्न स्रोतबाट आवश्यक वित्तीय व्यवस्थापन गरिने व्यवस्था गरिएको उल्लेख गरेको छ।
नगर अधिवेशनमा नगरप्रमुख श्यामकुमार श्रेष्ठले बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै अवको बजेटमा शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई विशेष जोड दिने बताए। उनले भने, ‘यो पटकको बजेटले विशेष गरेर शिक्षा, स्वास्थ्य र कृषिक्षेत्रलाई प्राथमिकतामा राखेर आउँछ। हामीले त्यहि अनुसारको निती, कार्यक्रम तथा बजेट विनियोजन हुने छ।’
नगर अधिवेशनका प्रमुख अतिथी शिक्षा तथा संस्कृति मन्त्री मनोज कुमार सिंहले अधिवेशन सफलताको शुभकामना व्यक्त गर्दै जनप्रतिनिधीहरुको मुख्य काम नीति तथा कार्यक्रम निर्माण गर्ने भएको बताए। उनले  त्यसको सफल कार्यान्वयन कर्मचारीले गर्नुपर्नेमा जोड दिए। उनलेभने, ‘जनप्रतिनिधीको मूख्य काम भनेकै नीति तथा कार्यक्रम बनाउने हो, यसको कार्यान्वयनको जिम्मा कर्मचारीको हो, अव कर्मचारीले तदारुक्ता र इमान्दारिताकासाथ काम गर्नु पर्छ।’
सोही क्रममा उनले प्रदेशको नयाँ निती कार्यक्रम र बजेले जिल्लाको शिक्षा र धर्म साँस्कृतिक विकासमा महत्वपूर्ण योगदान गर्ने बताए। उनले भने, ‘यो बजेटले सिरहाका सवै विद्यालय, मठ, मन्दिर, गुम्वा र मदरसाहरुमा कुनै न कुनै प्रकारले योगदान गर्ने छ। हामीले त्यहि अनुसार नीति, कार्यक्रम तथा बजेट विनियोजन गरेका छौं।’
अँग्रजी माध्यमबाट कक्षा संचालन गर्ने प्रदेशका आठवटै जिल्लाका ५–५ वटा विद्यालयहरुलाई अनुदानको प्रमन्ध गरेको मन्त्री सिंहले बताए।
सोही क्रममा जिल्ला समन्वय समितिका उपप्रमुख दिलिप लामाले स्वास्थ्यको क्षेत्रमा गोलबजार नगरपालिकाले विशेष काम गर्नु पर्नेमा जोड दिए। उनले भने, ‘गोलबजार नगरपालिकामा सरकारी स्तरको २४ घण्टा चल्ने अस्पताल छैन। यहाँको सर्वसाधारण जनताले सहज उपचार गर्न पाउने गरी एउटा अस्पताल बनाउनु पर्छ।’
नगर अधिवेशनमा दलिय प्रतिनिधीहरुले शिक्षा, स्वास्थ्य, कृषि र शुद्ध पीउने पानीको दिगो प्रवन्ध गर्नुपर्नेमा जोड दिए। उनीहरुले सिञ्चाई र पिउने पानीको नाममा नगर र वडाले वर्षेनी करोडौं रुपैयाँ खर्च गरेपनि त्यसले उचित प्रतिफल दिन नसकेको भन्दै दिगो विकासको लागि पहल लिन आग्रह गरे।
नगर अधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका बिरेन्द्र सिंह, नेपाली काँग्रेसका राजदेव साह (लालबाबु), नेकपा एमालेका राजकिश्वर महतो, नेपाली कम्यूनिष्ट पार्टीका जीवन यादव, श्रम संस्कृति पार्टीका दिप लामा, राप्रपाका उद्धव अधिकारी, गोलबजार उद्योग वाणिज्य संघका अध्यक्ष विजय साह, स्थानीय व्यसायी चन्द्रनारायण यादवलगायतले शुभकामना मन्तव्य व्यक्त गरेक थिए।
मेयर श्यामकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न नगरसभामा स्वागत प्रमुख प्रशासकीय अधिकृत रुपनारायण खतिवडा र कार्यक्रमको सञ्चालन वडा नम्वर ६ का वडाअध्यक्ष तथा नगरप्रवक्ता सञित लामाले गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित