हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

काठमाडौं। एक समयका चर्चित हास्य कलाकार खेम शर्मा ‘चतुरे’को निधन भएको छ। उनको अमेरिकाको बाल्टिमाेरमा उपचारको क्रममा आइतबार बिहान निधन भएको हास्य कलाकार शिवहरि पौडेलले जानकारी दिए।

पछिल्लो समय अमेरिका रहँदै आएका शर्मा विगत ७ वर्षदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए। उनी टेलिफिल्म ‘चतुरेको दाउपेच’बाट चर्चामा छाएको थिए।

थुप्रै टेलिफिल्म र फिल्महरूमा उनले काम गरेका छन्। उनले ‘चतुरेको दाउपेच’ नामक फिल्म समेत निर्माण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित