गोलबजार बाट अबैध उत्खननमा प्रयोग भएका ११ थान सवारीसाधन प्रहरी नियन्त्रणमा

Picture of हरियो पाटी

हरियो पाटी

518
SHARES
709
VIEWS

सिरहा, २ असार। सिरहा प्रहरीले जिल्लाको छुट्टा-छुट्टै स्थानबाट अवैध रुपमा ग्राभेल उत्खनन तथा ओसारपोसारमा प्रयोग भएको १० थान टिफर र एक थान स्काभेट नियन्त्रणमा लिएको छ।

प्रहरीले गोलबजार नगरापलिका ३ गागनखोलनबाट ८ थान टिफर र सिरहा नगरापलिका १३ गमहरियास्थित कमला नदीबाट दुई थान टिफर तथा एक थान स्काभेटर नियन्त्रणमा लिएको हो।

अवैध रुपमा ग्राभेल उत्खनन भईरको सुचना पाउनसाथ इकाला प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गोलबजारबाट खटिएको संयुक्त प्रहरी टोलिले ग्राभेल लोड गरेको ना. ४ ख ८३७३, ना. ८ ख १५१९, ना. ३ ख ३८११, ना. ६ ख ६९८८म.प्र. ०१–००१ क् ०५१४, बा. प्र. ०३–००१०३३८, प्र. २–०१–००१ क् ०१९०म.प्र. ०३–००१३८९३ नम्वरको टिफर बरामद गरेको छ।
अवैध उत्खनन भईरहेको भन्ने जानकारी पाएर पुगेका प्रहरीलाई देखेर सवै टिफरका चालकहरु टिफर छोडेर फरार भएको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख इन्सपेक्टर सुधन केसीले जानकारी दिए। प्रहरीलाई देखेपछि सवै टिफरका चालक टिफर छोडेर फरार भएकाले अन्य सवारी चालकको सहयोगमा टिपफर कार्यालयमा ल्याईपुर्याएको इन्सपेक्टर केसीले बताए।
उनले अहिले सम्म कोही टिफरका धनी र चालक सम्पर्कमा नआएको बताए।
त्यसैगरी, आजै सिरहा १३ गमरियास्थिक कमला नदीबाट अवैध रुपमा बालुवा उत्खनन गरिरहेको अवस्थामा प्र., २ –०–१–००१०२०३,  लु २ ख. १८७७, ना. १ ख ३५८१ नम्वरको टिफर र स्काभेटर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहका निमित्त सूचना अधिकारी इन्सपेक्टर नरेश लिम्बुले जानकारी दिए।
नियन्त्रणमा लिएका सवै सवारी साधन आवशयक कार्वाहीको लागि सम्वन्धित पालिकामा बुझाएको प्रहरीले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित