रास्वपा अधिवेशनः क्षेत्रिय सदस्य मा दीपक नायक सर्वसम्मत निर्वाचित

Picture of हरियो पाटी

हरियो पाटी

536
SHARES
734
VIEWS

सिरहा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सिरहा जिल्ला अधिवेशन अन्तर्गत क्षेत्र नं. ३ को क्षेत्रिय सदस्य पदमा दिपक नायक सर्वसम्मत निर्वाचित भएका छन्।
उक्त पदका लागि सन्तोष यादव र दीपक नायकको मात्र उम्मेदवारी परेपछि दुवै जना निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

पार्टी संगठनलाई थप सुदृढ बनाउँदै क्षेत्रीय तहमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षासहित उनीहरूलाई उपसभापतिको जिम्मेवारी प्रदान गरिएको हो। निर्वाचित भएपछि दुवैले पार्टीको नीति, सिद्धान्त र संगठन विस्तारमा प्रतिबद्धताका साथ काम गर्ने बताएका छन्।

रास्वपा सिरहा जिल्ला अधिवेशनअन्तर्गत विभिन्न पदमा नेतृत्व चयन प्रक्रिया सिरहाकाे धनगढीमाइ नगरपालिका स्थित जिरोमाइलमा निर्वाचन प्रकृया जारि रहेको जनाइएको छ।

क्षेत्रीय सदस्य पद हुनुपर्नेमा अन्यथा प्रकाशित भएकोले सच्याइएको जानकारी गराइन्छ। त्रुटिप्रति क्षमाप्रार्थी छौं।सम्पादक –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित