गोलबजारका कराते खेलाडीलाई नगर प्रमुखद्वारा बिदाइ

Picture of हरियो पाटी

हरियो पाटी

531
SHARES
727
VIEWS

सिरहा
सिरहाको गोलबजार नगरपालिकाका कराते खेलाडीहरू रिया श्रेष्ठ र रितु अधिकारी दनुवार १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताअन्तर्गत केन्द्रस्तरीय प्रतियोगिताका लागि छनोट हुन सफल भएका छन्।केन्द्रस्तरीय प्रतियोगितामा सहभागी हुन लागेका खेलाडी तथा प्रशिक्षकलाई आज गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठ ले ट्र्याकसुट प्रदान गर्दै औपचारिक रूपमा बिदाइ गरेका हुन्।

बिदाइ कार्यक्रममा नगर प्रमुख श्रेष्ठले खेलाडीहरूलाई राष्ट्रियस्तरको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै गोलबजार नगरपालिकाको गौरव बढाउन शुभकामना व्यक्त गरे। उनले खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूको हकहित र प्रोत्साहनका लागि नगरपालिका सधैं साथमा रहने प्रतिबद्धता समेत जनाए।

खेलाडीहरू र प्रशिक्षकले नगरपालिकाबाट प्राप्त सहयोग र प्रोत्साहनले थप उत्साह मिलेको बताउँदै प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने विश्वास व्यक्त गरेका छन्।
गोलबजार नगरपालिकाका खेलाडीहरू केन्द्रस्तरीय प्रतियोगितामा छनोट हुन सफल भएपछि नगर क्षेत्रमै खुसीको वातावरण सिर्जना भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित