सार्वजनिक सवारीमा जेठ १५ देखि ‘लगेज ट्याग’ अनिवार्य

Picture of हरियो पाटी

हरियो पाटी

518
SHARES
710
VIEWS

काठमाडौँ । सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरूको सामान (लगेज) को सुरक्षा र व्यवस्थापनलाई व्यवस्थित बनाउन आगामी जेठ १५ गतेदेखि देशभर ‘ट्याग’ प्रणाली अनिवार्य रूपमा कार्यान्वयनमा आउने भएको छ।गत जेठ ८ गते ट्राफिक प्रहरी र यातायात व्यवसायीबिच भएको सम्झौता अनुसार यो नयाँ व्यवस्था लागू हुन लागेको हो। लामो दुरीका सवारी साधनमा यात्रुको सामान हराउने, साटिने वा चोरी हुने समस्या बढेपछि त्यसको समाधानका लागि यो कदम चालिएको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले  जेठ १५ गतेदेखि यसलाई देशव्यापी रूपमा कार्यान्वयनमा लगिने जानकारी दिए। अध्यक्ष सिटौलाका अनुसार व्यवसायीहरूले यसको तयारी पुरा गरिसकेका छन् र अब यात्रुको सामानको जिम्मेवारी व्यवसायीले पनि लिने वातावरण सिर्जना हुनेछ।

त्यस्तै, ट्राफिक प्रहरी प्रवक्ता नरेशराज सुवेदीले पनि जेठ १५ देखि यो नियम पूर्ण रूपमा कार्यान्वयनमा आउने जानकारी दिए । प्रवक्ता सुवेदीका अनुसार,कार्यान्वयनको तयारीका लागि जेठ १५ को समयसीमा तय गरिएको हो।

लगेज ट्याग लगाउन बसपार्क वा आधिकारिक काउन्टरबाट टिकट बुकिङ गर्ने यात्रुहरूले टिकट काट्दाकै बखत आफ्नो सामानका लागि ट्याग प्राप्त गर्नेछन्। सामानमा एउटा ट्याग लगाइनेछ भने त्यसको प्रतिलिपि वा अर्धकट्टी यात्रुलाई दिइनेछ।

बिच बाटोबाट चढ्ने यात्रुको हकमा यदि कुनै यात्रुबिच बाटोबाट सवारीमा चढ्छन् भने त्यस्तो अवस्थामा सवारीका चालक वा सह–चालकले नै यात्रुको सामानमा ट्याग लगाइदिनुपर्ने व्यवस्था गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित