सिरहा – जिल्लाको गोलबजार क्षेत्रमा अवैध रूपमा सञ्चालन भइरहेका डेन्टल क्लिनिकहरूको संख्या बढ्दै गएको पाइएको छ। स्थानीयका अनुसार यस्ता क्लिनिकहरूले सर्वसाधारणको स्वास्थ्यसँग प्रत्यक्ष खेलबाड गरिरहेका छन्।
गोलबजार नगरपालिका-४ मा सडक छेउमै ठूलो होर्डिङ बोर्ड राखेर सेवा दिँदै आएको “नुर डेन्टल क्लिनिक” अवैध रूपमा सञ्चालन भइरहेको क्लिनिकमध्ये एक उदाहरणका रूपमा स्थानीयले औंल्याएका छन्। सेवा ग्राहकलाई आकर्षित गर्न विभिन्न प्रचार माध्यम प्रयोग गरिए क्लिनिकले आवश्यक कानुनी प्रक्रिया पूरा नगरेको नगरपालिका स्वास्थ शाखाले जनाएको छ।
गोलबजार नगरपालिका स्वास्थ शाखा प्रमुख सरोज कर्णका अनुसार गोलबजार क्षेत्रमा करिब एक दर्जनभन्दा बढी डेन्टल क्लिनिकहरू बिना अनुमति सञ्चालनमा रहेका छन्। स्थानीय बासीका अनुसार यस्ता क्लिनिकहरू स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका केही नेता तथा सम्बन्धित निकायको संरक्षणमा चलिरहेको आरोप समेत लागिरहेको छ।
उक्त क्लिनिकका सञ्चालकले आफू कम्पनीमा दर्ता भएको दाबी गर्दै थप दर्ता आवश्यक नरहेको बताएका छन्। “हामी स्थानीय र प्रदेश कोहो जान्दिन प्रती कृया दिदै कम्पनीमा दर्ता छ, त्यसैले अन्य दर्ता आवश्यक छैन,” उनले भने।तर स्वास्थ्यसम्बन्धी कानुनले भने यसलाई मान्यता दिँदैन।
कानुनी प्रावधान के भन्छ?


















Discussion about this post