गोलबजारमा विकास योजनाको प्रत्यक्ष अनुगमन

Picture of हरियो पाटी

हरियो पाटी

541
SHARES
741
VIEWS

सिरहा- सिरहाको गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठले नगर क्षेत्रमा सञ्चालन भइरहेका विकास निर्माणका कार्यहरूको प्रत्यक्ष अनुगमन सुरु गरेका छन्।

नगरपालिकाको विभिन्न योजनाबाट विभिन्न वडा हरुमा भइरहेका कामहरूलाई गुणस्तरीय, पारदर्शी र प्रभावकारी बनाउन नगर प्रमुख स्वयंमैदानमा खटिन थालेका हुन्।

स्थानीयका अनुसार नगर प्रमुख श्रेष्ठ पछिल्लो समय गाउँ–टोलमै पुगेर विकास योजनाहरूको अवस्था बुझ्ने, जनताका गुनासा सुन्ने र तत्काल समाधानका लागि पहल गर्ने कार्यमा सक्रिय भएका छन्। यसले स्थानीयबासीमा सकारात्मक सन्देश गएको छ।

नगरपालिकाका विभिन्न वडाहरूमा सञ्चालित सडक, नाला, भवन तथा अन्य पूर्वाधार निर्माणका कामहरूको स्थलगत निरीक्षण गर्दै नगर प्रमुखले सम्बन्धित ठेकेदार तथा कर्मचारीलाई गुणस्तरमा कुनै सम्झौता नगर्न निर्देशन दिएका छन्।

नगर प्रमुख श्रेष्ठले विकास निर्माणमा पारदर्शिता कायम गर्दै जनताको अपेक्षा अनुसार काम गर्न आफू प्रतिबद्ध रहेको बताए। साथै, कुनै पनि योजनामा ढिलासुस्ती वा लापरबाही भेटिए कडा कारबाही गरिने चेतावनी समेत दिएका छन्।
स्थानीयबासीले नगर प्रमुखको यो सक्रियतालाई स्वागत गर्दै नगर विकास कार्यमा थप गति आउने अपेक्षा गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित