सिराहामा बहिरा विद्यार्थी लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

Picture of हरियो पाटी

हरियो पाटी

527
SHARES
722
VIEWS

सिराहा,  विश्व वित्तीय सप्ताह २०२६ को अवसरमा सहारा नेपालद्वारा सञ्चालित होम्स नेपाल परियोजना अन्तर्गत बहिरा माध्यमिक विद्यालय, सिराहा–९, गुलरियामा बुधावर एक दिने वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

JOA को आर्थिक सहयोग तथा Habitat for Humanity, नेपाल विमा प्राधिकरण मधेश प्रदेश कार्यालयको संयुक्त साझेदारीमा आयोजना गरिएको उक्त कार्यक्रममा कक्षा ५ देखि १० सम्म अध्ययनरत विद्यार्थीलाई वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण गरिएको थियो ।
त्यसैगरी, कक्षा १ र २ का विद्यार्थीहरूलाई खुत्रुके

बचतसम्बन्धी चित्रमा पेन्टिङ गराइएको थियो भने कक्षा ३ र ४ का विद्यार्थीहरूलाई “पैसा चिनौँ, रङ भरौँ” र डिजिटल मोबाइलको चित्रमा पेन्टिङ मार्फत वित्तीय सचेतना प्रदान गरिएको थियो। कार्यक्रममा करिब ६० जना विद्यार्थी तथा शिक्षकहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य विद्यार्थीहरूमा वित्तीय साक्षरतासम्बन्धी आधारभूत ज्ञान अभिवृद्धि गर्नु, बचत गर्ने बानीको विकास गराउनु, जिम्मेवार खर्चबारे सचेत गराउनु तथा बैंकिङ सेवा, डिजिटल भुक्तानी प्रणाली र वित्तीय जोखिम तथा बिमा बारे जानकारी प्रदान गर्नु रहेको थियो ।

कार्यक्रममा सहारा नेपालका होम्स परियोजनाका कार्यक्रम ब्यबस्थापक किशन गौतम, ह्यबिटयाट नेपालका माधव चौरेलले वित्तीय साक्षरताको परिचय, बचतको महत्व, डिजिटल भुक्तानी प्रणाली, खर्च व्यवस्थापन तथा वित्तीय ठगीबाट बच्ने उपायबारे विस्तृत प्रस्तुतीकरण गरिएको थियो। सहभागी विद्यार्थीहरूलाई अन्तरक्रियात्मक छलफल, प्रश्न–उत्तर सत्र तथा आवश्यकता र चाहना तथा वित्तीय खेलमार्फत व्यवहारिक सिकाइ पनि गराइएको थियो।

यस्तै कार्यक्रममा बिमा प्राधिकरण मधेश प्रदेश कार्यालयका प्रतिनिधिले बिमाको महत्व, उपयोगिता बारे सचितिकरण गर्दै वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण गरेको थियो

विशेषगरी बहिरा विद्यार्थीहरू बिषयवस्तुको बुझाई सुनिश्चित गर्न विद्यालयमा कार्यरत संकेत भाषा शिक्षक तथा द्विभाषीको प्रयोग गरिएको थियो, जसले कार्यक्रमलाई अझ प्रभावकारी र समावेशी बनाएको सहारा नेपालका सिराहा जिल्ला अधिकृत रामभरोसी महतोले जनाएको छ।

कार्यक्रममा सहभागी तथा सो बिध्यालयमा अध्यनरत सम्पूर्ण बिद्यार्थीलाई विभन्न सहारा नेपाल ह्यबिटयाट नेपाल र बिमा प्राधिकरणले शैक्षिक सामग्री बितरण गरिएको जिल्ला अधिकृत महतोले जनाएको छ ।

कार्यक्रमबाट विद्यार्थीहरूमा वित्तीय ज्ञान तथा सचेतनामा वृद्धि हुनुका साथै बचत गर्ने र जिम्मेवार खर्च गर्ने बानी विकास हुने अपेक्षा गरिएको छ। साथै, बैंक तथा डिजिटल वित्तीय सेवा प्रयोगप्रति आत्मविश्वास बढ्नुका साथै वित्तीय जोखिम तथा ठगीबारे सजगता अभिवृद्धि हुने विश्वास व्यक्त गरिएको छ।

विद्यालयका प्रधानाध्यापक भोला यादवले यस्ता कार्यक्रमले बालबालिकाहरूलाई सानै उमेरदेखि आर्थिक रूपमा सक्षम र जिम्मेवार नागरिक बन्न सहयोग पुर्‍याउने बताउनु भयो ।

सहारा नेपालका कार्यक्रम व्यवस्थापक किशन गौतमका अनुसार विश्व वित्तीय सप्ताहको अवसरमा मधेश प्रदेशका सिराहा, धनुषा, सप्तरी तथा कोशी प्रदेशका उदयपुर र सुनसरी जिल्लामा पनि यस्ता सचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित