सिरहामा चित्रलेखा यादवका पतिसहित ५ जनामाथि कारवाही सिफारिस

Picture of हरियो पाटी

हरियो पाटी

817
SHARES
1.1k
VIEWS

सिरहा : नेपाली कांग्रेस सिरहा जिल्ला अनुशासन समितिले अष्ट्रेलियाकी राजदूत तथा कांग्रेसकी पूर्व केन्द्रीय सदस्य चित्रलेखा यादवका पति डा. श्रीकृष्ण यादवसहित ५ जना नेता–कार्यकर्तामाथि कारवाही गर्न केन्द्रमा सिफारिस गरेको छ। समितिले उक्त विषयमा पार्टी केन्द्रलाई पत्राचार गरेको जनाएको छ।

समितिका अनुसार सिरहा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा उम्मेदवार तथा कांग्रेस सिरहाका सभापति रामचन्द्र यादवलाई गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा असहयोग तथा अन्तरघात गरेको आरोपमा उनीहरूमाथि कारवाही सिफारिस गरिएको हो।

कारवाही सिफारिसमा पर्नेहरूमा डा. श्रीकृष्ण यादव, महाधिवेशन प्रतिनिधि तथा तरुण दलका केन्द्रीय सदस्य सुभाष यादव दास, महादेव यादव, क्षेत्रीय सचिव सत्रुधन प्रसाद चौधरी र जिल्ला सदस्य निलकुमार राउत रहेका छन्।

जिल्ला सभापति रामचन्द्र यादवका अनुसार ती नेता–कार्यकर्ताले निर्वाचनका क्रममा पार्टीका आधिकारिक उम्मेदवारलाई सहयोग नगरेको तथा पार्टी अनुशासन विपरीत गतिविधि गरेको आरोप लागेको छ।

सोही आधारमा जिल्ला अनुशासन समितिले छानबिनपछि कारवाहीका लागि केन्द्रमा सिफारिस गरेको जनाएको छ।
अब पार्टी केन्द्रले आवश्यक अध्ययनपछि उनीहरूमाथि कारवाहीबारे अन्तिम निर्णय गर्ने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित