गोलबजारमा अनुगमन अभाव : कुहिएको मासु बिक्री भएको गुनासो

Picture of हरियो पाटी

हरियो पाटी

585
SHARES
801
VIEWS

सिरहा, गोलबजार : गोलबजार क्षेत्रमा सम्बन्धित निकायको नियमित बजार अनुगमन नहुँदा उपभोक्तालाई कुहिएको तथा अस्वच्छ मासु बिक्री भइरहेको गम्भीर गुनासो उठ्न थालेको छ।

स्थानीय उपभोक्ताका अनुसार केही मासु पसलेहरूले सर्वसाधारणको स्वास्थ्यप्रति बेवास्ता गर्दै नाफा कमाउने उद्देश्यले सडेको तथा फोहोर मासु बिक्री गरिरहेको आरोप लागेको छ।

गोलबजार नगरपालिका भित्र सञ्चालनमा रहेका केही फ्रेस हाउस तथा मासु सप्लायर्सहरूले मासु बिक्री गर्दा कुहिएको, फोहोर तथा खान अयोग्य मासु समेत बजारमा बिक्री गर्ने गरेको सेवाग्राहीहरूको गुनासो रहेको छ।

यस्तो मासु सेवन गर्दा उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भए पनि स्थानीय सरकार तथा सम्बन्धित जिल्ला स्तरीय निकायबाट प्रभावकारी अनुगमन नहुँदा समस्या झन् बढ्दै गएको स्थानीयवासी दिलिप लामा बताउँछन्।
उनका अनुसार मासु पसल र फ्रेस हाउसका नाममा सञ्चालन भइरहेका कतिपय पसलहरूमा अस्वच्छ तथा सडेको मासु खुलेआम बिक्री भइरहेको छ।

स्थानीय बासिन्दाले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले गोलबजार नगरपालिका, स्वास्थ्य शाखा, पशु सेवा कार्यालय तथा प्रशासनले तत्काल बजार अनुगमन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्।

उपभोक्ता अधिकारकर्मीहरूले पनि खाद्य सुरक्षासँग जोडिएको विषय भएकाले सम्बन्धित निकायले नियमित अनुगमनलाई प्रभावकारी बनाउँदै बजारलाई सुरक्षित र स्वच्छ बनाउनुपर्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित