मिर्चैया नगरपालिका र उद्योग वाणिज्य संघद्वारा संयुक्त सरसफाइ कार्यक्रम

Picture of हरियो पाटी

हरियो पाटी

518
SHARES
710
VIEWS

सिरहा– मिर्चैया नगरपालिका र मिर्चैया उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा आज मिर्चैयामा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

नगरलाई सफा, सुन्दर तथा व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, व्यवसायी, विभिन्न सामाजिक संघ–संस्था तथा स्थानीयवासीहरूको सक्रिय सहभागिता रहेको थियो।

कार्यक्रम अन्तर्गत मिर्चैया बजार क्षेत्र, मुख्य सडक तथा विभिन्न सार्वजनिक स्थलहरूमा सरसफाइ गरिएको आयोजकले जनाएको छ। सहभागीहरूले सडक किनारमा थुप्रिएको फोहोर संकलन गरी व्यवस्थापन गर्नुका साथै वातावरण स्वच्छ राख्न सबैलाई सचेत हुन आग्रह गरेका थिए।

सरसफाइ कार्यक्रममा प्रहरी तथा मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण यादवको पनि उपस्थिति रहेको थियो।
यस्ता सामाजिक तथा वातावरणमैत्री कार्यक्रमले नगरलाई स्वच्छ राख्न सहयोग पुग्ने विश्वास व्यक्त गर्दै आयोजक पक्षले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित