सिरहा १ बट रास्वपाका गुप्ता विजयी

Picture of हरियो पाटी

हरियो पाटी

518
SHARES
710
VIEWS

लहान, २४ फागुन। प्रतिनिधीसभा निर्वाचनमा सिरहा क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बब्लु गुप्ता फाराकिलो मतान्तरले विजयी भएको छ। गुप्ता नेपाली काँग्रेसका उम्मेदवार रामसुन्दर चौधरीभन्दा साडे ३१ हजारभन्दा बढी मतात्तरले विजयी भएका हुन्।

रास्वपाका उम्मेदवार गुप्ताले ४१ हजार ३२२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका चौधरीले ९ हजार ७८४ मत प्राप्त गरेका छन्।

नेकपा एमालेका उम्मेदवार रामाशंकर यादवले ७ हजार ८८४ र नेपाली कम्यूनिष्ट पार्टी नेकपाका उम्मेदवार रामचन्द्र यादवले २ हजार ८५३ मत प्राप्त गरेको क्षेत्र नम्वर १ का निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित