सिरहामा पक्राउ परेका जसपा उम्मेदवार अशेश्वर यादवसहित पाँचैजना रिहा 

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

सिरहा, २० फागुन। प्रतिनिधिसभा निर्वाचनका मौन अवधिमा रकमसहित पक्राउ परेका जनता समाजवादी पार्टी (जसपा) नेपाल सिरहा क्षेत्र नम्वर ३ का उम्मेदवार अशेश्वर यादवसहित पाँचैजनालाई ३ दिनभत्र स्पष्टिकरण बुझाउन निर्देशन दिएको छ। निर्वाचनको मौन अवधिमा

आचारसंहिता विपरित रकमसहित पक्राउ परेका यादवलाई ३ दिनभित्र चित्तबुझ्दो जवाफ बुझाउन निर्वाचन अधिकृतको कार्यालय सिरहाले निर्देशन दिएकोक हो।
सिरहा जिल्लाका मुख्य निर्वाच्न अधिकृत श्रीप्रकाश उपे्रतिले सम्पूर्ण कागजातहरुको अध्ययनपश्चत निर्वाचन आचारसंहिता उलङ्घनमा ३ दिनभित्र स्पष्टिकरण बुझाउने समयसीमा दिएको बताए। उनले भने, ‘हामीले सम्पूर्ण कागजातहरु अध्ययन गर्यौं, तत्काललाई ३ दिनभित्र स्पष्टिकरण बुझाउने मौका दिएका छौं। उहाँहरुले बुझाएको स्पष्टिकरण र प्रमाणहरुको आधारमा थप प्रकृया अगाडी  बढ्छ।’

उनले पक्राउपरेका पाँचैजनालाई स्पष्टिकरण बुझाउन भन्दै तत्काल छोडएको जानकारी दिए।
बरामद रकम र गाडीसहितका सामाग्रि तत्काललाई सिज गरिएको मुख्य निर्वाचन अधिकृत उप्रेतीले जानकारी दिए। उनले अहिले अनुसन्धान जारीरहेको र निर्वाचन कानुनअनुसार हुने बताए।

प्रहरीले गएराती मौनअवधिका बेला नेपाल–भारत सीमाक्षेत्र अन्तर्गत माडरबाट ४ लाख ८७ हजार रुपैयाँसहित यादवलाई नियन्त्रणमा लिएको थियो।

माडरबाट सिरहा सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र.२–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई राति करिब १२ः३० बजे शिवचोकमा संयुक्त चेकजाँचका क्रममा उक्त रकम र उम्मेदवार यादवसहित बिष्णुपुर ५ लक्ष्मिपुरका ३२ वर्षिय श्याम कुमार यादव, ३५ वर्षिय राम प्रवेश यादव, ४० वर्षिय बप्रेन्द्र कुमार यादव  र सवारी चालक नरहा ३ का २८ को जितेन्द्र कुमार महतोलाई पक्राउ गरेका थिए।

राजनीतिक दल वा उम्मेदवारले आर्थिक लेनदेन गर्ने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३० को उपदफा (१) र (२) बमोजिम जरिबाना गर्न सक्ने आचारसंहितामा उल्लेख छ।

त्यसरी भएको जरिबाना छ महिनासम्म नबुझाउने उम्मेदवारलाई आयोगले तत्काल लागु हुने गरी बढीमा छ वर्षसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्ने छ। आचारसंहितामा व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित