सिरहा । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई स्वागत तथा बधाई दिँदै सिरहा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधि सभा उम्मेदवार लिलानाथ श्रेष्ठले पछिल्लो समय एमालेप्रति जनताको आकर्षण उल्लेखनीय रूपमा बढ्दै गएको बताएका छन् ।
सिरहा नगरपालिका वडा नम्बर–२ मा आयोजित चुनावी सभामा मधेस प्रदेशका पूर्व स्वास्थ्य मन्त्रीसहित विभिन्न तहका पार्टी नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा अन्य राजनीतिक दल परित्याग गरी एमालेमा प्रवेश गर्ने नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा औपचारिक रूपमा स्वागत गरिएको थियो ।
त्यसैगरी सिरहा नगरपालिका–१२ सार्स्वरमा आयोजित अर्को कार्यक्रममा पनि विभिन्न राजनीतिक दल परित्याग गरी स्थानीय नेता तथा कार्यकर्ताहरू नेकपा एमालेमा प्रवेश गरेका छन् । कार्यक्रममा बोल्दै सिरहा निर्वाचन क्षेत्र नम्बर-३ का प्रतिनिधि सभा उम्मेदवार लिलानाथ श्रेष्ठले देशभर एमालेप्रति जनसमर्थन बढ्दै गएको दाबी गर्दै पार्टी प्रवेश कार्यक्रमहरू निरन्तर रूपमा भइरहेको बताएका छन्

पछिल्लो समय सिरहा क्षेत्र नम्बर-३ मा चुनावी गतिविधि तीव्र बन्दै गएको छ भने विभिन्न दलबाट एमालेमा प्रवेश गर्ने क्रम बढ्दै गएको स्थानीय नेताहरूको भनाइ छ।


















Discussion about this post