गोलबजार मा विभिन्न दल परित्याग गर्दै नेपाली कम्युनिष्ट पार्टी मा प्रवेश

Picture of हरियो पाटी

हरियो पाटी

604
SHARES
827
VIEWS

सिरहा, गोलबजार -सिरहाको गोलबजार नगरपालिका-४ मा विभिन्न राजनीतिक दल परित्याग गर्दै एकसय जना नेपाली कम्युनिष्ट पार्टी मा प्रवेश गरेका छन्। सिरहा क्षेत्र नम्बर ३का प्रतिनिधि सभा उम्मेदवार विश्वनाथ साह को पहलमा आयोजित कार्यक्रममा युवाहरूलाई औपचारिक रूपमा पार्टी प्रवेश गराइएको हो।

कार्यक्रममा उम्मेदवार साहले नवप्रवेशी युवाहरूलाई खादा र अबिर लगाएर स्वागत गर्दै पार्टीको विचार, संगठन सुदृढीकरण तथा विकासमुखी राजनीतिक अभियानमा सक्रिय सहभागिताका लागि आह्वान गरेका थिए।

स्थानीय स्तरमा युवाहरूको सामूहिक प्रवेशले क्षेत्रीय राजनीतिक गतिविधिमा नयाँ ऊर्जा थपिएको सहभागीहरूले बताएका छन्। पार्टीले यसलाई संगठन विस्तार र युवा सहभागिता बढाउने दिशामा महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेको छ। कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी बिभिन्न नेता र कार्यकर्ता हरुको उपस्थित रहेको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित