निर्वाचन आचारसंहिता कार्यान्वयनमा सञ्चारको भूमिका महत्वपूर्ण हुन्छ

Picture of हरियो पाटी

हरियो पाटी

519
SHARES
711
VIEWS

लहान, – निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन निर्वाचन आयोगको आचारसंहिताको प्रभावकारी पालना आवश्यक रहेकोमा सरोकारवालाले जोड दिएका छन्।

राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवका अवसरमा रासस लहान कार्यालयले आयोजना गरेको ‘निर्वाचन आचारसंहिता र सञ्चार माध्यमको भूमिका’ अन्तरक्रियामा वक्ताहरूले मतदातालाई सही, सन्तुलित र तथ्यमा आधारित सूचना दिन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने बताए।

मुख्य निर्वाचन अधिकृत डा. श्रीप्रका उप्रेतीले आचारसंहिता सबै सरोकारवालाको साझा दायित्व भएको उल्लेख गर्दै पत्रकारिताले निष्पक्ष सूचना प्रवाह गर्नुपर्ने बताए। प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल र प्रहरी प्रमुख एसपी बासुदेव पाठकले भयरहित वातावरण र सुरक्षा संवेदनशीलतामा सहकार्यको आवश्यकता औँल्याए।

कार्यक्रममा निर्वाचनका कानुनी पक्ष, प्रविधिको सदुपयोग तथा संयमित रिपोर्टिङमा समेत जोड दिइएको थियो। कार्यक्रममा स्थानीय तथा राष्ट्रिय सञ्चारमाध्यमका पत्रकारहरूको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित