११ कात्तिक । डडेल्धुराको नवदुर्गा गाउँपालिका- ५ भकुडामा आज बिहानै जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। बिप्याकटोलबाट चामातर्फ जाँदै गरेको से१ज २३४ नम्बरको जीप आज बिहान साढे ४ बजे ब्रेकफेल भएर सडकबाट करिब एक सय मिटर तल खसेको थियो।
जीप चालक नवदुर्गा- ५ चामाका २५ वर्षीय चक्र विष्ट, २२ वर्षीय दिपेन्द्र विष्ट र १४ वर्षीय किशोर विष्ट घाइते भएको र उपचारको लागि डडेल्धुरा जिल्ला अस्पताल पठाएको अस्थायी प्रहरी पोष्ट ठाँटाबजारले जनाएको छ।
Discussion about this post