गोलबजार नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा पहिलो

Picture of हरियो पाटी

हरियो पाटी

665
SHARES
911
VIEWS

सिरहा – राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कन नतिजाअनुसार सिरहाका स्थानीय तहहरूको प्राप्ताङ्क सार्वजनिक भएको छ।आयोगका विवरणअनुसार जिल्लाका नगरपालिकातर्फ गोलबजार नगरपालिका ६२.६० अंकसहित पहिलो स्थानमा परेको छ भने लहान नगरपालिका ६०.७२ अंकसहित दोस्रो स्थानमा रहेको छ।

गाउँपालिकातर्फ अर्नमा गाउँपालिका ५३.८२ अंकसहित पहिलो बनेको छ। त्यसैगरी लक्ष्मीपुर पतारी गाउँपालिका ४८.३६ अंकसहित दोस्रो स्थानमा परेको आयोगले जनाएको छ।कार्यसम्पादन मूल्याङ्कनमा सेवा प्रवाह, वित्तीय व्यवस्थापन, योजना कार्यान्वयन तथा सुशासनका सूचकहरूलाई आधार मानी अङ्क प्रदान गरिएको आयोगले उल्लेख गरेको छ।

आयोगका अनुसार सेवा प्रवाह, वित्तीय व्यवस्थापन, योजना कार्यान्वयन तथा सुशासनका क्षेत्रमा गोलबजारले उल्लेखनीय प्रगति देखाएको मूल्याङ्कनमा उल्लेख छ। पछिल्ला वर्षहरूमा प्रशासनिक पारदर्शिता, विकास योजनाको कार्यान्वयन गति तथा आधारभूत सेवामा सुधार भएको स्थानीयवासीले पनि अनुभूति गर्न थालेका छन्।

नगरपालिकाको यो उपलब्धिलाई नगर प्रमुख श्याम कुमार श्रेष्ठको नेतृत्वसँग जोडेर हेरिएको छ। श्रेष्ठले पदभार सम्हालेयता विकास निर्माण, राजस्व संकलन सुदृढीकरण र संस्थागत सुशासनलाई प्राथमिकतामा राख्दै आएको बताइन्छ।

नगर प्रमुख श्रेष्ठले कार्यसम्पादन मूल्याङ्कनको नतिजाले नगरपालिका सही दिशामा अघि बढिरहेको संकेत दिएको प्रतिक्रिया दिएका छन्। उनले सेवा प्रवाहलाई अझ प्रभावकारी, डिजिटल प्रणाली विस्तार र पूर्वाधार विकासलाई थप तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय तहको कार्यसम्पादन मूल्याङ्कनलाई सरकारी।  निकायहरूले नीति कार्यान्वयनको प्रभावकारिता, वित्तीय  अनुशासन र सुशासनको अवस्थाको मापनका रूपमा लिने गरेका छन्। गोलबजारको यो नतिजाले जिल्लाका अन्य स्थानीय तहका लागि पनि सकारात्मक प्रतिस्पर्धाको वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित