आचारसंहिता उल्लंघन गर्ने २३ व्यक्ति तथा संस्थासँग स्पष्टीकरण

Picture of हरियो पाटी

हरियो पाटी

525
SHARES
719
VIEWS
आयोगले आइतवार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले केन्द्रीय आचारसंहिता अनुगमन समितिमा परेका उजुरीमध्ये २३ वटा उजुरीमा सम्बन्धित व्यक्ति तथा संस्थासँग स्पष्टीकरण सोधिएको जानकारी दिए।उनले स्पष्टीकरण सोधिएका २३ मध्ये १२ वटाबाट जवाफ आइसकेको जानकारी दिए। बाँकीको जवाफ आउने क्रममा रहेको उनले बताए। उनका अनुसार आयोगले आचारसंहिता उल्लंघनका घटनाको अध्ययन र विश्लेषण गर्न कार्यदल गठन गरेको छ।

कार्यदलले सोधिएको स्पष्टीकरणमा जवाफ पठाएकाहरूलाई कारबाही गर्ने वा नगर्ने निर्णय गरेर केन्द्रीय आचारसंहिता अनुगमन समितिमा सिफारिस गर्ने उनले जानकारी दिए। नियतवश आचारसंहिता उल्लंघन भएको पुष्टि भए आयोगले कारबाही गर्ने उनले बताए।

भट्टराईले भने, ‘केन्द्रीय आचारसंहिता अनुगमन समितिमा प्राप्त उजुरीमध्ये २१ वटालाई स्पष्टीकरण सोधिएको छ। अहिले बढेर २३ पुगेको भन्ने छ। यो बढ्ने क्रम जारी रहन्छ। १२ वटाबाट जवाफ आइसकेको छ। अरूको जवाफ आउने क्रममा छ। आयोगले कानुन बमोजिम कारबाही गर्नेछौँ। नियतवश आचारसंहिता उल्लंघन भएको रहेछ भने आयोगले थप कारबाही गर्छ।’

उनले आचारसंहिता कार्यान्वयनका लागि जिल्लास्तरमा पनि अनुगमन व्यवस्था गरिएको जानकारी दिए।
निर्वाचन आयोगले डिजिटल माध्यामबाट मिथ्या सूचना प्रशारण गर्नेलाई पहिचान गरी कारबाही गर्न सिफारिस गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित