सिरहा– सिरहामा एक जनाको गोली हानि हत्या गरिएको छ। सिरहा नगरपालिका १ का अन्दाजी ४५ वर्षिय प्रेमेनाथ यादवको सिरहा नगरपालिका वडा नम्वर ७ मैनाबत्तिखोला किनारमा आफ्नै खेत ट्क्याटरले जोतिरहेको अवस्था अज्ञात व्यक्तिले गोलीहानी हत्या गरिएको जिल्ला प्रहरीकार्यलय सिरहाले जनाएको छ ।
खेत जोत्न गएका उनीमाथी अज्ञात व्यक्तिले गोली हानेर हत्या गरेको भन्ने खवर पाउना साथ वडा अध्यक्ष महेश कुमार यादवले प्रहरीलाई खबर गरेका जानकारी दिए। घटनाकाे बिषयमा थप बिवरण आउन बाकी रहेकाे प्रहरीले जनाएको छ ।
अहिले सिरहा सहित सप्तरी र धनुषाको प्रहरी परिचालन गरिएको जनाएको छ ।


















Discussion about this post