सिरहामा ८५ स्वतन्त्र उमेदवार सवारीसाधन प्रयोगगर्न उम्मेदवारी

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

सिरहा – सिरहाका ४ वटै निर्वाचन क्षेत्रबाट जम्मा १३९ जना उम्मेदवारी दर्ता गराएका छन्। विभन्न दलबाट ५४ र स्वतन्त्र ८५ गरी जम्मा १३९ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। जम्मा १३९ उम्मेद्वारी पर्दा महिलाको संख्या भने जम्मा ८ मात्र रहेको छ।

सिरहामा कुनै दलले टिकट नदिएर स्वतन्त्र वा बाघी उम्मेवादरी दिएको सूचना अहिलेसम्म प्राप्त भएको छैन। प्रायः दलकै नेतालाई सवारी प्रयोग गर्न सजिलो बनाउने उदेश्यले पार्टीकार्यकर्तालाई स्वतन्त्र उम्मेवारी दिलाएका छन्। दलका उम्मेवारलाई सहयोग पुर्याउने उदेश्यले सिरहा क्षेत्र नम्वर ३ बाट एउटै दलका ६ जनाभन्दा बढी नेता कार्यकर्तालाई स्वतन्त्र उम्मेवारी दिलाएको गोलबजारका एक स्थानीयले बताए। उनले पार्टी भने खुलाउन चाहेनन्।

प्रचार प्रसारमा निर्वाचन कानुन अनुसार निश्चित सवसारीसाधनमात्र  प्रयोग गर्न पाउने व्यवस्था गरिएको छ। त्यतिले नपुग्ने भएपछि उम्मेदवारहरुले थप सवारी साधान प्रयोगकालागि स्वतन्त्र उम्मेवारी गराएका हुन्। अघिल्लो निर्वाचनहरुमा पनि स्वतन्त्र उम्मेवारको नाममा सवारी साधन लिने र दलको उम्मेवारले प्रयोग गर्ने गरेको थियो।

मुख्य निर्वाचन अधिकृत श्रीप्रकाश उप्रेतीका अनुसार, सिरहा १ मा १४ दल र १८ स्वतन्त्तसहित ३२ जना, २ मा १४ दल र १५ स्वतन्त्र सहित २९ जना, सिरहा ३ मा १२ दल र २९ स्वात्त्रसहित ४१ जना र सिरहा ४ मा १४ दल र २३ स्वतन्त्रसहित ३७ जनाको उम्मेदवारी परेको छ। मनोनयको रेकर्डले स्वतन्त्रउम्मेदवारकै संख्या उल्लेख्य देखिएको छ।

सिरहाका ४ निर्वाच्न क्षेत्रमध्ये सवैभन्दाबढी ३ नम्वर क्षेत्रमा स्वतन्त्र उम्मेवारी धेरै परेको छ। १२ जना दलका उम्मेवार रहेको यस क्षेत्रमा २९ जना स्वतन्त्र उम्मेवार रहेका छन्।

सिरहाका चार वटै निर्वाचन क्षेत्रमा पुरुष २ लाख ४१ हजार ६ सय १४, महिला २ लाख १२ हजार २८ र अन्य २ गरी ४ लाख ५३ हजार ६ सय ४५ मतदाता छन्। यसका लागि जिल्लाभरमा २ सय २३ मतदानस्थल र ५ सय ३१ मतदान केन्द्र तोकिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित