नेपाली कम्यूनिष्ट पार्टीले सिरहाका ४ वटै क्षेत्रको उम्मेदवार तय आज मनोनयन दर्ता गराउदै

Picture of हरियो पाटी

हरियो पाटी

521
SHARES
714
VIEWS

सिरहा, ६ माघ। नेपाली कम्यूनिष्ट पार्टीले सिरहाका ४ वटै क्षेत्रको उम्मेदवार तय गरेको छ। उनिहरुले आज मनोनयन दर्ता गराउदै छ । पार्टीले सिरहा १ बाट रामचन्द्र यादव, २ बाट मुक्तिनारायण सिंह, ३ बाट विश्वनाथ साह र ४ बाट अजयशंकर नायकको नाम तय भएको जनाएको छ।

सिरहा १ का उम्मेदवार यादव पुरानै अनुहार हुन्। पूर्व सामान्य प्रशासन मन्त्रीसमेत भएका उनी यसक्षेत्रका परीचित नाम हुन्।  २ बाट उम्मेदवारी दिएका सिंह नयाँ अनुहार हुन्। उनी पहिलो पटक चुनावी प्रतिस्पर्धामा आएका हुन्।

त्यसैगरी, सिहा क्षेत्र नम्वर ३ का साह पुराना नेता हुन्। उनी यसक्षेत्रको पार्टीराजनीतिमा निरन्तर सक्रिय रहँदै आएका छन्। पूर्व मन्त्रीसमेत रहेका साह यस अघि पनि चुनावी प्रतिस्पर्धामा रहेका थिए।

सिरहा क्षेत्र नमवर ४ का नायक पूर्व मन्त्री समेत हुन्। सामानुपातिक सांसद रहेका नायक दोस्रो पटक चुनावी प्रतस्पर्धामा छन्। २०७४ को ननिर्वाचनमा उनी चुनावी प्रतिस्पर्धामा थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित