गोलबजार उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष राकेश गुप्तालाई मातृशोक

Picture of हरियो पाटी

हरियो पाटी

527
SHARES
722
VIEWS

सिरहा,  गोलबजार उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष राकेश गुप्तालाई मातृशोक परेको छ। उनकी आमा शान्ति देवी गुप्ताको काठमाडौंको जहरसिंहपौवा–साँखु सडकखण्डमा भएको बस दुर्घटनामा परेर असामयिक निधन भएपछि गुप्ता परिवारलाई मातृशोक परेको हो।

बुधबार दुर्घटनामा परी दिवङ्गत शान्ति देवी गुप्ताको आजै दिउँसो ४ बजे सिरहाको गोलबजारस्थित मैनाबती नदीमा अन्त्येष्टि गरिएको छ।

यस दुःखद घटनाप्रति गोलबजार उद्योग व्यापार संघ, व्यापारी समुदाय तथा सर्वसाधारणले दुःख व्यक्त गर्दै दिवङ्गत आत्माहरूको चिरशान्तिको कामना गरेका छन् भने शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्।

गोलबजारका गुप्ता परीवार लामो समयदेखि ‘गुप्ता ब्रदर्स’को नाममा मोटर र मोवाई व्यवसायमा सक्रिय छन्।

उक्त दुर्घटनामा गुप्तासहित थप चारर जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। प्रहरीका अनुसार नेचर हाउस एन्ड हर्ब इन्टरनेशनल कम्पनीको पिकनिकबाट फर्किँदै गर्दा बा ४ ख ८७८८ नम्बरको बस बुधबार साँझ दुर्घटनामा परेको थियो।  घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी पवन भट्टराईका अनुसार गोकर्णेश्वर नगरपालिका ५ जोरपाटी बस्ने अन्दाजी ५५÷६० वर्षीय अर्जुन लामिछाने, बाँकेको कोहलपुर नगरपालिका ५ घर भई हाल बूढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ पाथीभरा ५ घर भई हाल बूढानीलकण्ठ नगरपालिका ७ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु तथा पाँचथर घर भई हाल गोठाटार बस्ने ६५ वर्षीय देवेन्द्र लिम्बुको मृत्यु भइसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित