गोलबजार, सिरहा प्रहरीले अवैध ग्राभेल उत्खनन् गरिरहेको दुई थान टिफर र एक थान स्काभेटर नियन्त्रणमा लिएको छ। अबैध उत्खनन गर्दै गरेको अवस्थामा ससत्र प्रहरी बल गोलबजारको टोलिले गोलबजार १ मुक्सारबाट बा. ३ ख १२८९, नम्वरक टिफर र ज. १ क ४९४ नम्बर स्काभेर प्रहरीले नियन्त्रणमा लिएको हो।
पक्राउ परेको स्काभेर र टीफर ससत्र प्रहरी बल गोलबजारको नियन्त्रणमा रहेको प्रहरीले जनाएको हो ।प्रहरीले नियन्त्रणमा लिएको टिफर र स्काभेर स्थानीय रामदयाल पुर्बेको रहेको प्रहरीले जनाएको छ ।
यसक्षेत्रबाट स्थानीय जनप्रतिनिधी र प्रहरी प्रशासनको मिलेमत्तोमा नियमित अवैध उत्खनन् हुने गरेको स्थानीय बताउँछन्। स्थानीयको दवाव पछिमात्र प्रहरीले उक्त सवारी साधन नियन्त्रणमा लिएको स्थानीय सुखिलाल महतोले बताए ।
त्यसैगरी, गोलबजार नगरपालिका ५ स्थित पाकड चौक निपनियामा स्टोक प्रमाणित नै नगराइ लामो समयदेखि राखिएको ग्राभेल अबैध रुपमा ओसारपसार गरि रहेको अवस्थामा थप २ थान टीफर र दुई थान स्काभेटर नगर प्रहरिले नियन्त्रणमा लिएको छ। नम्बर उलेख नभएको स्काभेटर र प्र. २–०१–००१ क ००४५ नम्वरको टिफर र प्र. २–०१–००१ क ००४६ नम्वरको दुई थान टीफर नियन्त्रणमा लिएको हो। टिफर इलाका प्रहरी कार्यालयमा गोलबजार ल्याएर राखेको भएपनि स्काभेर भने सोही स्थानमा रहेको छ। नगरपालिकाले स्काभेटरको साचो भने जफत गरेको नगरपालिकाले जनाएको छ। पक्राउ परेको उक्त टीफर र दुई थान स्काभेटर स्थानीय सन्तोष साहको रहेको प्रहरीले जनाएको छ । साह चाइना रेल्वेले गागन खोलाबाट ग्राइभेल निकाली रहेको बेला अबैध रुपमा गोलबजार नगरपालिका ५ स्थित पाकड चौक निपनियामा भणडार गरेको गरेको थियो ।


















Discussion about this post