गोलबजारमा गर्भवती र सुत्केरी महिलालाई फाइबर सिरक

Picture of हरियो पाटी

हरियो पाटी

529
SHARES
724
VIEWS

तराई–मधेश क्षेत्रमा चिसो हावा, हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित बनेपछि सिरहाको गोलबजार नगरपालिकाले अति विपन्न, असहाय, अपाङ्ग, वृद्ध–वृद्धा तथा जेष्ठ नागरिकलाई लक्षित गरी राहत कार्यक्रम सञ्चालन गरेको छ।
नगर प्रमुख श्यामकुमार श्रेष्ठका अनुसार नगरपालिकाका १३ वटै वडामा कम्बल तथा फाइबर सिरक वितरण गरिएको छ। उनले वडा नं. १३ ले गर्भवती तथा सुत्केरी महिलालाई लक्षित गरी फाइबर सिरक वितरण गरेको कार्यक्रमलाई उदाहरणीय पहल भएको बताए।
उप–प्रमुख मान्तीदेवी साहले महिलाको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राखी गरिएको यो कार्यक्रम सकारात्मक रहेको बताइन्।
गोलबजार नगरपालिका वडा नं. १३ का वडा अध्यक्ष नन्दकुमार महतोले चिसो मौसममा गर्भवती र सुत्केरी महिला तथा नवजात शिशु बढी जोखिममा रहने भएकाले ‘आमा सुरक्षित भएपछि मात्र बच्चा सुरक्षित हुन्छ’ भन्ने उद्देश्यका साथ फाइबर सिरक वितरण गरिएको बताए। उनका अनुसार यस वर्ष वडा नं. १३ मा ७० जना गर्भवती तथा सुत्केरी महिलालाई फाइबर सिरक वितरण गरिएको छ।
त्यसैगरी वडा नं. ४ ले पनि १३४ जना वृद्ध–वृद्धा, अपाङ्ग तथा अति विपन्न नागरिकलाई फाइबर सिरक वितरण गरेको वडा अजनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित