सिरहा –मिर्चैया कटारि सडक खण्डमा ओभरलोड टिफरको आतंक फैलिएको छ । मिर्चैया नगरपालिका–७ फुलबरीयाँस्थित प्रहरी बिट नजिकै गएराति करिब ३ बजे बा.४ ख ८८०५ नम्बरको टिपर दुर्घटना भएको हो।
दुर्घटनामा मानवीय क्षति नभए पनि ११ केभीको विद्युत् लाइन अवरुद्ध हुनुका साथै विद्युत् पोल नै भाँचिएरको छ।पोल भाचिदा जीवा, फुलबरीयाँ, मूराबारी, मोराहा, छघरिया, मिर्चैया–८ मझौवा र वडा–९ कटहा क्षेत्रका सयौँ घरधुरिमा वैद्युत अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण मिर्चैयाले जनाएको छ ।
स्थानीयका अनुसार टीफर ओभरलोडकै कारण अनियन्त्रित भई दुर्घटना भएको हो। प्रहरीका अनुसार दुर्घटनामा परेको टिफर गोलबजार नगरपालिका–९ स्थित मारुती सिमेन्टका लागि चुनढुंगा बोकेर गइरहेको थियो।
स्थानीय बासीका अनुसार मारुती र सौर्य सिमेन्टका लागि ढुंगा बोकेका टिपरहरूबाट ट्राफिक प्रहरीले मासिक रूपमा रकम असुली गर्दै ट्राफिक नियम उल्लङ्घनलाई मौन समर्थन गरिँदै आएको छ। यही कारण ओभरलोड, तीव्र गति र अव्यवस्थित सञ्चालनले सडक दुर्घटना दिनानुदिन बढ्दै गएको उनीहरूको गुनासो छ।
ट्राफिक प्रहरीको लापरबाही र संरक्षणकै कारण ओभरलोड टिपर सडकमा खुलेआम चलिरहेकै छन्, जसको प्रत्यक्ष मार जनताले भोग्नुपरेको स्थानीयको आरोप छ।


















Discussion about this post