निर्माणाधीन कमला पुल निरीक्षणमा मन्त्री गुप्ता

Picture of हरियो पाटी

हरियो पाटी

523
SHARES
717
VIEWS

सिरहा । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले हुलाकी सडकअन्तर्गत धनुषा र सिरहा जोड्ने कमला नदीको निर्माणाधीन पुल समयमै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । आज पुल निरीक्षण गर्दै मन्त्री गुप्ताले भने, “पुल निर्माण तीव्र गतिमा भइरहेको पाएँ, नयाँ पुल बनाउन समय लाग्छ, अहिले यही पुलको काम छिटो पूरागरी सञ्चालनमा आउनुपर्छ ।”

निरीक्षणका क्रममा मधेस प्रदेशका जेनजी संयोजक शिव यादवले पुलको अवस्थाबारे जानकारी गराएका थिए । निरीक्षणपछि मन्त्री गुप्ताले एक महिनाभित्र चारपाङ्ग्रे सवारी सञ्चालनमा आउने विश्वास व्यक्त गरे ।

स्थानीय युवा सन्तोष यादवले मन्त्री गुप्ताको निरीक्षणपछि पुल निर्माणले गति लिनेमा विश्वास व्यक्त गरेका थिए । यसअघि मन्त्री गुप्ताको पहलमा गत मङ्सिर ५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पनि पुलको स्थलगत निरीक्षण गरेका थिए । त्यस क्रममा मन्त्री घिसिङले निर्माण कम्पनीलाई चाँडै पुल सम्पन्न गर्न निर्देशन दिएका थिए ।

विसं २०६८ मा तीन वर्षभित्र निर्माण सक्ने सम्झौता भए पनि पटकपटक म्याद थपिँदा १३ वर्ष बितिसक्दा पनि पुल अधुरै छ । पप्पु कन्स्ट्रक्सन कालोसूचीमा परेपछि बाँकी काम लुम्बिनी विल्डर्सले गर्दै आएको छ ।
विसं २०७८ असार १७ को बाढीले पुलका दुई जग भासिँदा थप क्षति भएको थियो । कूल ४६९ मिटर लामो पुलको हाल ८३ प्रतिशत भौतिक र ८२ प्रतिशत वित्तीय प्रगति भएको आयोजनाले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित