बेलायतको प्रधानमन्त्रीमा ऋषि सुनक नियुक्त

हरियो पाटी

हरियो पाटी

511
SHARES
700
VIEWS

ऋषि सुनक औपचारिकरूपमा बेलायतको प्रधानमन्त्री बन्नुभएको छ । राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गरेपछि ऋषि सुनक ५७ औँ प्रधानमन्त्री बन्नुभएको बीबीसीले जनाएको छ ।

बकिङ्घम दरबारमा भएको भेटमा राजा चार्ल्सले सरकार गठनका लागि आमन्त्रण गर्नुभएको हो । सुनक बेलायती प्रधानमन्त्री बन्ने पहिलो एसियाली मूलका नागरिक हुनुहुन्छ ।

४२ वर्षका सुनक दुई सय वर्षको इतिहासमा बेलायतको कान्छो प्रधानमन्त्री पनि बन्नुभएको छ । बेलायतमा यसअघि देखिएको राजनीतिक र आर्थिक समस्यापछि उहाँ स्थिरताको वाचासहित पद सम्हाल्न लाग्नुभएको हो ।

प्रधानमन्त्री लिज ट्रसले कार्यभार सम्हालेको ४५ दिनमै राजीनामा दिएपछि सुनक प्रधानमन्त्री बन्नुभएको हो । यही वर्षको पहिलो पहिलो टोरी नेतृत्व प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको सात हप्तापछि सुनक विजयी हुनुभएको हो । विपक्षीहरूले आम चुनावको माग गरे पनि सुनकले अस्वीकार गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित