ओलीको निर्णयविरुद्ध उभिएका हनुमान हरु ?

हरियो पाटी

हरियो पाटी

518
SHARES
710
VIEWS

उपाध्यक्षमा ओलीले अघि सारेका प्रदीप ज्ञवालीले त उक्त पदमा उम्मेदवारी नै दिएनन् । अग्नि खरेल,रघुजी पन्त, लालबाबु पण्डित, राजेन्द्र गौतम, भीमप्रसाद आचार्यले स्वतन्त्र उम्मेदवारी दिए ।

२९ मंसिर, काठमाडौं । एमालेको ११औं महाधिवेशनमा केपी शर्मा ओलीलाई लामो समयदेखि साथ दिएका केही नेताहरूले उनको निर्णयविरुद्ध उभिएका छन् । ओलीले पदाधिकारीमा आफ्नो नाम नसमेटेपछि केहीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

यता उपाध्यक्षमा ओलीले अघि सारेका प्रदीप ज्ञवालीले त उक्त पदमा उम्मेदवारी नै दिएनन् । उनी महासचिव पदका आकांक्षी थिए । तर ओलीले महासचिवमा शंकर पोखरेललाई नै अघि सारेपछि ज्ञवाली उपाध्यक्ष पदमा रहन तयार भएनन् ।

अग्नि खरेल,रघुजी पन्त, लालबाबु पण्डित, राजेन्द्र गौतम, भीमप्रसाद आचार्यले स्वतन्त्र उम्मेदवारी दिए ।

१९ सदस्यीय पदाधिकारीमा ओलीको सूचीलाई नै चुनौती दिँदै उनीहरूले उम्मेदवारी दिएका हुन् । ओलीलाई वर्षौ साथ दिएका गोकुल बाँस्कोटाले त पहिले नै उनको साथ छोडिसकेका थिए । उनले अहिले ईश्वर पोखरेल प्यानलबाट उम्मेदवारी दिएका छन् । कृष्णगोपाल श्रेष्ठले अहिले असहमति जनाउँदै पोखरेल प्यानलबाट सचिवमा उम्मेदवारी दिएका छन् ।

नेता पन्त प्रधानमन्त्री ओलीको गत मन्त्रिपरिषद्मा शिक्षामन्त्री थिए । उनी ओली प्यानलबाट उपाध्यक्षको उम्मेदवारका आकांक्षी थिए । प्यानलमा नपरेपछि उनले स्वतन्त्र ढंगले उम्मेदवारी दिए । ‘दुवै तिरका साथीहरूको आग्रहमा उम्मेदवारी दिएँ’ उनले अनलाइनखबरसँग भने ।

पछिल्लो समय पन्त ओलीको नजिक थिए । हाल पार्टीको प्रचार विभाग प्रमुख रहेका राजेन्द्र गौत्तमले उपमहासचिव पदमा उम्मेदवारी दिएका छन् । ओली प्यानलबाट पदाधिकारीमा नपरेपछि उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

मेरो बारेमा पार्टी अध्यक्षलाई भनेकै थिएँ’ गौतमले पत्रकारहरूसँग भनेका छन्, ‘अब मेरो उम्मेदवारी फिर्ता हुँदैन ।’ ओली प्यानलबाट पदाधिकारीका आकांक्षीद्धय अग्नि खरेल र कृष्णगोपाल श्रेष्ठले पनि उम्मेदवारी दिएका छन् ।

अग्नि खरेलले सचिव पदमा उम्मेदवारी दिएका छन् । उनलाई ओली प्यानलमा केन्द्रीय सदस्यमा मात्रै राखिएको थियो । खरेल ओली प्रधानमन्त्री हुँदा महान्यायाधिवक्ता थिए । प्रधानमन्त्री रहेका बेला ओलीको विज्ञ सल्लाहाकार भएर समेत खरेलले काम गरेका थिए ।  उनी कानुनमन्त्री पनि बनेका थिए ।  उनले केपी ओलीले संसद् विघटन गरेको बेलामा महान्यायाधिवक्ताको रुपमा गलत हुने भित्रि सल्लाह दिएका थिए ।

कृष्णगोपाल श्रेष्ठ पनि ओली प्रधानमन्त्री हुँदा उनको मन्त्रिपरिषद्मा रहेर काम गरेका व्यक्ति हुन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रहेका बेला २०७८ सालमा त्रिवि दीक्षान्त समारोहलाई सम्बोधन गर्ने क्रममा श्रेष्ठले ओलीको प्रशंसा गर्दै फुटबलको खेलाडी पेलेसँग तुलना गरेका थिए ।

‘केपी ओली इज द केपी ओली, फुटबलको पेलेजस्तै हो, कोही माइकालाल छ सडकमा ल्याएर पछार्न सक्ने ? के राजीनामा दे भन्दा यत्तिकै राजीनामा दिन मिल्छ ? ढुक्क हुनुन्, हिजोको भन्दा पावरफुल सरकारको एजुकेसन मिनिस्टर तपाईंहरूको अगाडि छ । यो कुनै अदालतको माया पाएर आएको सरकार हो ? अदालतको फैसलाले समाधान निस्किँदैन’ श्रेष्ठको यो भाषण चर्चित नै बनेको थियो ।

अर्थात्, ओलीसँग यति धेरै नजिक रहेको देखाउने श्रेष्ठ महाधिवेशनमा ओलीको प्यानलमा परेनन् र स्वतन्त्र उम्मेदवारी भनेर अगाडि सरे ।

ओली प्यानलबाट पदाधिकारीका अर्का आकांक्षी थिए– नेता लालबाबु पण्डित । तर, उनी प्यानलमा परेनन् त्यसपछि उनले सचिव पदमा उम्मेदवारी दिए ।

ओली प्यानलमा नपरेपछि भीम आचार्यले पनि उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् । ओली प्यानलमा आचार्यको नाम केन्द्रीय सदस्यमा थियो ।

पार्टीमा गरेको काम र योगदानका आधारमा जिम्मेवारी पाउनुपर्छ भनिएको तर, त्यसअनुसार नभएपछि नेता/कार्यकर्ताको भावना अनुसार उपाध्यक्षमा उम्मेदवारी दिएको आचार्यले बताए ।

‘अध्यक्षलाई भनेको थिएँ । अन्य साथीहरूलाई पनि भनेको थिएँ । प्याननलमा हालेनन्, नहालेपछि मैले जनताको प्यानलको तर्फबाट उम्मेदवारी दिएँ’ आचार्यले अनलाइनखबरसँग भने । तपाईं किन प्यानलमा पर्नुभएन होला भन्ने प्रश्नमा उनी भन्छन्, ‘चाकडी दलाली नगरी हुँदैन । चाकडी दलाली गर्ने मेरो स्वभाव छैन ।’

ओली प्यानलबाट बागी उम्मेदवार पदाधिकारीमै परेको छ । यसले कस्तो सन्देश दिएको र महाधिवेशनको परिणामलाई कस्तो असर पार्ला भन्ने अर्को प्रश्नमा उनी भन्छन्, ‘अध्यक्ष ज्यु कसरी अगाडि बढ्नुहुन्छ त्यसमा भर पर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित