मुसहर बस्तीका १५० दलित बालबालिकालाई कापीकलम वितरण

Picture of हरियो पाटी

हरियो पाटी

604
SHARES
827
VIEWS

सिरहा सिरहाको गोलबजार नगरपालिका-११ बलकावा, साविक वडा नं. ३ मुसरी बस्तीका १५० भन्दा बढी दलित बालबालिकालाई कापी-कलम वितरण गरिएको छ। सक्रिय युवा समूह बलकाबाको पहलमा र हेल्पिङ हट नेपालको आर्थिक सहयोगमा आइतबार बस्तीमै पुगेर शैक्षिक सामग्री वितरण गरिएको हो।

गोलबजार नगरपालिका ११ का वडा अध्यक्ष सोयव अन्बरको अध्यक्षतामा सम्पन कार्यक्रमको प्रमुख अतिथि गोलबजारका अगुवा नेता तथा प्रदेशसभा (क) का नेपाली काँग्रेसका प्रत्यासी उमेदवार राम सगुन यादवले बालबालिकाको उत्साह बढाउन शैक्षिक सामग्री वितरण महत्वपूर्ण भएको बताए। उनले आगामी दिनमा व्यक्तिगत तर्फबाट पनि दलित बालबालिकाको शिक्षामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।सक्रिय युवा समूह बलकाबाका प्रतिनिधिहरूले समुदायका बालबालिकालाई आधारभूत शैक्षिक सामग्री उपलब्ध गराउन पाएको सहयोगका लागि हेल्पिङ हट नेपाल र स्थानीय अगुवाप्रति धन्यवाद व्यक्त गरेका छन्।
स्थानीय अभिभावकहरूले यस्तो पहलले आर्थिक रूपमा कमजोर परिवारका बालबालिकाको पढाइमा ठूलो सहायत पुग्ने बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित