सिरहा । गोलबजार नगरपालिकाले इ-हाजिरी प्रणाली प्रभावकारी रूपमा लागू गर्ने उद्देश्यसहित तीनदिने तालिम सम्पन्न गरेको छ। नगरपालिकाको आयोजनामा सञ्चालन भइरहेको तालिममा करिब १ सय पचास जना कर्मचारी सहभागी छन्।
गोलबजार नगरपालिकाका सूचना तथा सञ्चार प्रविधि शाखा प्रमुख रामबृक्ष महतोका अनुसार कर्मचारीहरूको नामको अल्फाबेट क्रमअनुसार चरण-चरणमा तालिम सञ्चालन गरिने थियोे । आधुनिक प्रविधिमार्फत हाजिरी व्यवस्थापनलाई सहज, छरितो र पारदर्शी बनाउने लक्ष्यसहित तालिम दिएको बताए।
सिरहाका १७ स्थानीयतह मध्ये इ-हाजिरी प्रणाली सञ्चालन गर्ने पहिलो नगरपालिका गोलबजार भएको महतोले जानकारी दिए। यसअघि परीक्षणका रूपमा सञ्चालन गरिएको प्रणालीलाई अब पूर्णरूपमा लागू गर्न दोस्रो पटक तालिम आयोजना गरिएको नगरपालिका स्रोतले जनाएको छ।
इ-हाजिरी प्रणालीको अनुगमन राष्ट्रिय सतर्कता केन्द्र र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले काठमाडौंस्थित केन्द्रबाट नै गर्न सकिने व्यवस्था गरिएको छ। प्रविधिमैत्री प्रशासनिक सेवा प्रवाह सुनिश्चित गर्ने उदेश्यले गोलबजार नगरपालिकाले इ हाजिरी संचालन गरेको छ ।
उहाका अनुसार केही माध्यमिक विद्यालयहरूमा संचालन अवस्था नरहेको जनाउदै केहिदिन्मै सबै बिद्यालयमा समेतआधुनिक प्रविधिमार्फत इ हाजिरी जडान गर्ने गोलबजार नगरपालिकाका सूचना तथा सञ्चार प्रविधि शाखा प्रमुख रामबृक्ष महतोले बताए ।


















Discussion about this post