छठ पर्व श्रम, शुद्धता र सहअस्तित्वको प्रतीक हो : मेयर श्रेष्ठ

Picture of हरियो पाटी

हरियो पाटी

558
SHARES
765
VIEWS

असाेज १० / सिरहा  गोलबजार पालिकाका मेयर श्याम कुमार श्रेष्ठले  सूर्य उपासना तथा प्रकृतिप्रतिको श्रद्धा व्यक्त गर्ने पर्व छठको पावन अवसरमा देश–विदेशमा रहेका सम्पूर्ण नेपाली समुदायप्रति शुभकामना व्यक्त गर्दै यस पर्वलाई श्रम, शुद्धता, समर्पण र सहअस्तित्वको प्रतीकका रूपमा वर्णन गरेका छन् ।

मेयर श्रेष्ठले छठ पर्वलाई साझा धार्मिक, सांस्कृतिक र सामाजिक एकताको प्रतीक भन्दै यसले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता र सामाजिक सहकार्यलाई मजबुत बनाउने उल्लेख गरे । ‘अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्ने छठको विधि केवल धार्मिक आस्थामात्र होइन, प्रकृतिप्रतिको कृतज्ञता र पर्यावरणीय सन्तुलनको सम्मान पनि हो श्रेष्ठले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

उनका अनुसार छठ पर्वले परिवार, छिमेकी र समुदायबिचको एकता बलियो बनाउँदै सामूहिक सौहार्द र सहअस्तित्वको सन्देश दिन्छ । उनले गोलबजारलाई बहु–सांस्कृतिक सहरको रूपमा चित्रित गर्दै छठ पर्वले विविधता भित्रको एकता झल्काउने सुन्दर उदाहरण प्रस्तुत गरेको बताए ।

मेयर श्रेष्ठले छठ पर्वले नेपाली समाजमा धार्मिक आस्था मात्र होइन, सामाजिक सहकार्य र पर्यावरणीय चेतना समेत प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरे । उनले छठ मइयाप्रति आराधना गर्दै सबै नेपालीमा सुख, शान्ति, समृद्धि र प्रगतिका लागि शुभकामना व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित