कारबाहीमा सात आतङ्ककारी मारिए

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

पाकिस्तानमा पछिल्लो २४ घण्टामा सुरक्षाबलले दुई अलग–अलग क्षेत्रमा गरेको आतङ्ककारीविरोधी कारबाहीमा परी सात आतङ्कवादी मारिएका अधिकारीले बताएका छन् । आतङ्कवाद विरोधी विभाग (सिटिडी)ले आइतबार देशको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तको मस्तुङ जिल्लामा एक आतङ्कवादी लुकाउने ठाउँमा सुरक्षाबलले छापा मारेको बताएको छ ।

गोलीबारीको क्रममा, छ आतङ्ककारी मारिनुको साथै र अन्य तीन भागेका सिटिडीले जनाएको छ । सीटीडीले आतङ्कवादीको लुक्ने ठाउँबाट हतियार र गोलाबारुद बरामद गरिएको बताएको छ । मारिएका आतङ्ककारीले बलुचिस्तानको राजधानी क्वेटामा संवेदनशील प्रतिष्ठानमा ठूलो आक्रमण गर्ने योजना बनाएका जनाइएको छ ।

यसबाहेक, उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको बन्नु जिल्लाको जानिखेल क्षेत्रमा आइतवार एउटा खुफियामा आधारित कारबाहीमा एक आतङ्ककारी मारिए थिए । उक्त क्षेत्रका आतङ्ककारी सुरक्षाबलविरुद्ध आतङ्कवादी गतिविधिमा सक्रियरुपमा संलग्न रहेका जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित