सिरहा, गोलबजार – सिरहाको गोलबजारमा लामो समयदेखि सडकमै लाग्दै आएको हटिया अब व्यवस्थित गरिएको छ। नगर प्रमुख श्याम कुमार श्रेष्ठको निर्देशनमा गोलबजार-४ स्थित गुद्री हाट बजारलाई सडक पेटीबाट हटाई निश्चित स्थानमा सारेर व्यवस्थित गरिएको ह।
बजार व्यवस्थापन कार्यमा स्थानीय प्रहरी, नगर प्रहरी, शसस्त्र प्रहरी, जनप्रतिनिधि तथा नगरपालिकाका कर्मचारीहरूको सक्रिय सहयोग रहेको थियो। नगर प्रमुख श्रेष्ठले बजार सडकपेटी बाहिर व्यवस्थापन गरी सर्वसाधारणको आवागमन सहज बनाइएको बताए।
सडकमा हटिया लाग्दा जनजीवन प्रभावित थियो, सवारी साधन चलाउन समस्या थियो, त्यसैले हटिया व्यवस्थित गर्न निर्देशन दिइएको हो,” नगर प्रमुख श्रेष्ठले भने।
नगरपालिकाले आगामी दिनमा हटिया व्यवस्थापनलाई थप व्यवस्थित र दिगो बनाउने योजना बनाएको समेत जनाएको छ।



















Discussion about this post