मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

584
SHARES
800
VIEWS

राजकुमार भट्टराई

खोटाङ, असार ३१ गते । मोबाइल चार्जबाट निकाल्दा करेन्ट लागेर खोटाङमा महिलाको मृत्यु भएको छ । बराहपोखरी गाउँपालिका–४ फाक्टाङकी २५ वर्षीया इन्द्रा राईको चार्जमा लगाएको मोबाइल निकाल्ने क्रममा करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

चार्जमा लगाइरहेको मोबाइल चार्जबाट छुटाउने क्रममा सोमबार राति करिब साढे ९ बजेको समयमा फाक्टाङका राजन राईको श्रीमती इन्द्रालाई करेन्ट लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी सुशान्त मिश्रले बताउनुभयो ।

घटनास्थलको मुचुल्काका लागि जिल्लाबाट प्रहरी खटिएको प्रहरी निरीक्षक मिश्रको भनाइ छ । घटनास्थल टाढा रहेकाले शवको पोष्र्टमार्टम बुधबार मात्र हुने सम्भावना रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित