अर्घाखाँची स्नातक तहमा अध्ययनरत दुई युवतीले एकापसमा विवाह गरेका छन् । विवाहपछि जोडीले वडा कार्यालयमा ‘समलिंगी विवाह दर्ता’पनि गराएका छन् ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाकी अनिता र कपिलवस्तुको कपिलवस्तु नगरपालिकाकी विनीता (नाम परिवर्तन) बीच कलेज पढ्दै गर्दा प्रेमसम्बन्ध रहेकाले उनीहरूले २०८२ जेठ १८ गते विवाह गरेका हुन् ।
अर्घाखाँचीकी २३ वर्षीय अनिता दुलाहा र २० वर्षीय विनीता दुलही बनेर हस्तलिखित रुपमा ‘समलिंगी विवाह दर्ता’ भएको भूमिकास्थान नगरपालिका–९ की वडासचिव ज्योति पन्थीले बताइन् ।
विवाहपछि उनीहरू कपिलवस्तुमा बस्दै आएका छन् । ‘सुरुमा अन्योलजस्तै भयो, पछि नगरपालिकामा बुझेपछि हस्तलिखित गरेर विवाह दर्ताको प्रमाणपत्र दियौं,’ उनले भनिन्, ‘दुवै जनाले नाम गोप्य राख्न भनेकाले सार्वजनिक गरेका छैनौं ।’


















Discussion about this post