सप्तरीमा स्कार्पियोबाट ७११ किलो गाँजा बरामद, चालक फरार

Picture of हरियो पाटी

हरियो पाटी

588
SHARES
806
VIEWS

सप्तरी  – प्रहरीले स्कार्पियोमार्फत् तस्करी गरिँदै गरेको ७११ किलो गाँजा बरामद गरेको छ।शनिबार बिहान राति साढे १ बजे प्रहरीले बोदेबर्साइन नगरपालिका-३ हुलाकी राजमार्गबाट स्कार्पियो र गाँजा बरामद गरेको हो।

चन्हीबाट बोदेबर्साइनतर्फ आउँदै गरेको प्रदेश-१-०२-००२च ५८३४ नम्बरको स्कारपियोमा प्रहरी चौकी मौवाहाको टोलीले चेकजाँचमा गाँजा फेला पारेको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए।

बस्नेतका अनुसार प्रहरी टोलीलाई देखेपछि चालक स्कारपियो छोडेर फरार भएका थिए। उक्त स्कार्पियोमा ३० वटा प्लाष्टिकको बोरामा गाजा भेटिएको थियो।

बरामद गाँजा र स्कार्पियो गाडीबारे जिल्ला प्रहरी कार्यालय कार्यालयको टोलीले अनुसन्धान गरिरहेको छ। फरार चालकको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित