नगरपालिकाले खानेपानी व्यवस्थापनका लागि सधैं सहयोग गर्ने नगर प्रमुख श्रेष्ठ

Picture of हरियो पाटी

हरियो पाटी

616
SHARES
844
VIEWS

सिरहा, गोलबजार: गोलबजार खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समितिका नव निर्वाचित पदाधिकारीले आफ्नो पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण समारोहमा गोलबजार नगरपालिकाका प्रमुख श्याम कुमार श्रेष्ठले विशिष्ट अतिथिको रूपमा उपस्थिति जनाएका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख श्रेष्ठले नगरपालिकाले खानेपानी व्यवस्थापनका लागि सधैं सहयोग गरेको र आगामी दिनहरूमा पनि आवश्यक सहयोग गर्न तयार रहेको बताए। उनले स्वच्छ र सुरक्षित खानेपानी सबै नगरवासीको अधिकार भएको र यसको व्यवस्थापनमा नगरपालिकाले निरन्तर ध्यान दिने प्रतिवद्धता व्यक्त गरे।

कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष, सचिव, कोषाध्यक्ष लगायतका पदाधिकारीहरूले सपथ लिँदै खानेपानी व्यवस्थापनमा थप सुधार र विकास गर्ने प्रतिबद्धता जनाएका थिए।

पदभार ग्रहण समारोहमा नगरवासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले नगरपालिकाको सहकार्य र उपभोक्ता समितिको नयाँ नेतृत्वले खानेपानीको व्यवस्थापनलाई अझ प्रभावकारी बनाउने आशा व्यक्त गरे।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित