सिरहा, ६ पुस । सिरहा गोलबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितीमा जिबछ साहको प्यानल विजयी भएका छन् । आज सम्पन्न निर्वाचनको मत परीनाम अनुसार उहाका निकटतम पतिस्पर्धी प्रमोद कुमार लामालाई ६८ मतान्तरले पछि पार्दै साह निर्वाचित भएका हुन् ।
निर्वाचित अध्यक्ष जिबछ साहले कुल ३ सय ८४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी प्रमोद कुमार लामाले ३ सय १६ मत प्राप्त गरेका छन् । उपाध्यक्ष पदमा निर्वाचित अनिल कुमार साहले ३ सय ९१, सचिव पुजन कुमार सिंहले ४ सय १०, सह–सचिव रामेश्वर साहले ३ सय ६७ र कोषाध्यक्ष निर्मला कुमारीले ३८४, मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत शत्रुधन प्रसाद साहले जानकारी दिए ।
सदस्यहरुमा चिनु कुमारी भुजेल, राम कृपाल साह, कुशेश्वर पासवान र अनिता कुमारी यादव निर्वाचित भएका छन् । त्यसैगरी, उपाध्यक्ष पदका निकटतम प्रतिस्पर्धी प्रदिप कुमार साहले २ सय ९२ मत, सचिव विजय कुमार सिंहले २ सय ४१, सह–सचिव रिकेश प्रसाद सिंहले ३ सय २० मत र कोषाध्यक्ष देव नारायण नाकयले ३ सय ११ र प्राप्त गरेका छन् ।
प्रतिस्पर्धामा रहेका जिबछ साहको प्यानललाई स्थानीय रुपमा नेकपा (माओवादी केन्द्र)ले समर्थन रहेको थियो भने प्रतिस्पर्धी प्रमोद कुमार लामाको प्यानललाई नेकपा(एमाले), नेपाली काँग्रेस लगायतका दलको समर्थन रहेको थियो । गोलबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितीको कुल ८ सय ६७ उपभोक्ता मध्ये ७ सय २४ मत खसेको निर्वाचन समितिले जनाएको छ ।
















Discussion about this post