गोलबजारमा खानेपानिको समस्या आफ्नो प्यानलले मात्र सामाधान गर्न सक्छ : प्रमोद लामा

Picture of हरियो पाटी

हरियो पाटी

591
SHARES
809
VIEWS

सिरहा, २ पुस। उपभोक्तालाई खानेपानीको समस्या समाधान गर्न गोलबजार खानेपानी तथा सरसफाई उपभोक्ता समितीको निर्वाचनमा आफ्नो प्यानलले उम्मेदवारी दिएको अध्यक्ष पदका साझा उम्मेदवार प्रमोद लामाले बताएका छन्।

नेकपा एमाले, नेपाली कांग्रेस, जनता समावादी पार्टी (जसपा)नेपाल र नेकपा एकीकृत समाजवादी पार्टीबाट अध्यक्ष पदका साझा उम्मेदवार प्रमोद लामाले सम्पूर्ण उपभोक्तामा शुद्ध खानेपानी पुर्याउन आफ्नो उम्मेदवारी परेको बताएका हुन्।

अध्यक्ष पदका उम्मेदवार लामाले गोलबजार नगरपालिका वडा नम्वर २, ४ र ६ मा जम्मा ८ सय ६७ उपभोक्ता रहेपनि थोरैलेमात्र पानी उपभोक गर्न पाउको बताउँर्द आफ्नो प्यानल निर्वाचित भए सम्पूर्ण उपभोक्तामा सुद्ध खानेपानी पुर्योन प्रतिबता व्यक्त गरे। लामाले भने, ‘अझै धेरै उपभोक्ता शुद्ध खाने पानी प्रयोगबाट बञ्चि छन्। पाइप लाइन भएको धेरै ठाउहरुमा पाइप अवरुद्ध भएको छ। जस्ले गर्दा उपभोक्ता सम्म पानि पुग्न सकेको छैन। अन्य धेरै समस्याहरु पनि छन्। सवै समस्या समाधान गर्नकै लागि आफ्नो र प्यानल सहितको उम्मेदवारि परेको हो।’

उनले पहिलाको समितीले मंसिर ७ गते सम्पनन् साधारणसभामा आर्थिक प्रतिवेदन समेत सर्वजानिक गर्न सकेन,स बै भर्दगोल रहेको बताए। हामी सवैसँगको हात्तेमालो गर्दै समस्या समाधान गरेर उपभोक्तासम्म खानेपानी पुर्याउने प्रतिबद्धता गर्छौं; लामाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित