सशस्त्र प्रहरी सईको मृत्यु घटनाको बिरोधमा चक्काजाम र प्रदर्शन

Picture of हरियो पाटी

हरियो पाटी

561
SHARES
768
VIEWS

ज्ञान कुमार राय

सिरहा, १६ मंसिर ।सिरहामा तस्करको स्कोरपीयोले किचेर एक सशस्त्र प्रहरी सईको मृत्यु भएको घटनाको बिरोधमा परिवारजनले घटनाको उचित छानविन गर्नु पर्ने माँग गर्दै पूर्व पश्चिम राजमार्ग अन्तर्गत लहानमा र अहिले यादवको घर नजिकै सिरहा चोहर्वा सडक खण्डको नरहामा चक्का जाम सहित प्रदर्शन गरिरहेको छ । उनीहरुले सिरहाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुखलाई निलम्वनगरी घटनाको छानविन गर्नु पर्ने माँग गर्दै आएको छ ।

विओपी वडहरीमा कार्यरत सशस्त्रका सय यादवको नेतृत्वमा ५ जना र प्रहरी चौकी कचनारीबाट खटिएको असई बीरेन्द्र कुमार शाह नेतृत्वको ५ जनाको संयुक्त मोटर साइकल गस्ति टोलीलेको विच घटना भहुँदा पनि स्कोरपीयो भाग्न सफल हुनुले घटनालाई थप ससंकीत बनेको परिवारजनले बताउँछन् । उनले भने, ‘यो सामान्य घटना होइन । १० जना हतियार सहितको टोलिमा एक जना प्रहरीको मृत्यु भएको छ । यसले प्रहरी आफै संकाको घेरामा परेको छ ।

भारतीय सीमानजीकै बडीयारपट्टी १ कचनारी भित्री सडक खण्डमा गस्तीमा रहेका सशस्त्र प्रहरीका सई ४८ वर्षिय लक्ष्मण प्रसाद यादवलाई विहान तस्करको स्कोरपीयोले किचर मृत्यु भएको हो ।
नेपालबाट भारत तर्फ गईरहेको तस्करको स्कोरपीयो रोक्न खोज्दा यादवलाई ठक्कर दिएर भाग्न लागेका थिए ।

ठक्करबाट यादवको मृत्यु नभएपछि उनलाई स्कोरपीओ ब्याक गरेर पुनः किचेको प्रहरीको भनाई छ ।
सशस्त्र प्रहरी ७ नम्वर गण सिरहाका प्रमुख एसपी नरेश भण्डारीले नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलिलाई देखेर भाग्ने क्रममा स्करपीयोले ठक्करदिएर भागेको भन्ने सूचना प्राप्त भएको जनाए । उनले अहिले सम्म ती स्कोरपीयोले मदिरा बोकेको भन्ने सूचना आएपनि स्कोरपीयो फेला नपरेकाले यसै भन्न नसकिने जनाए ।

जिल्लाका प्रहरी, प्रशासन प्रमुखहरुकै मिलेमत्तोमा यस क्षेत्रबाट निर्वाधरुपमा मदिरा भारत तर्फ तस्करी भईरहेको थियो । त्यो पछिल्ला दिनहरुमा पक्राउ परेका घटनाले पनि देखायो । यो घटनाले भने मदिरामात्र नभई अन्य सामाग्रि पनि तस्करी भएको हुन सक्ने देखाउँछ ।

घटना दशगजा देखि ४ सय मिटरको दुरीमा नेपाल तर्फ भएको हो । मदिरा तस्करले नेपालमा यति ठूलो उपद्रो गर्दैन । भारतमा मात्र उनीहरुलाई डर हो । यो गाडीमा सुपाडी, सुकमेल, प्रतिवन्धित लागूऔषध गाँजा वा त्यस्तै कुनै बहुमुल्य सामाग्री हुनु पर्छ । यादवको शव पोष्ट मार्टमको लागि प्रादेशिक अस्पताल लहानमा राखिएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित