अस्ताउँदो सूर्यलाई अर्घ्य दिन पोखरी र खोला सिँगारिए

Picture of हरियो पाटी

हरियो पाटी

522
SHARES
715
VIEWS

सिरहा – छठपूजामा अस्ताउँदो सूर्यलाई अर्घ्य दिन स्थानीय पोखरी, तलाउ, नदी किनारमा बनाइएको घाटहरू सजाइएका छन्। छठपूजामा सिराहाको लहानस्थित रघुनाथपुर पोखरी, मटियर्वा पोखरी, बलान, खुट्टीखोलालगायतका ठाउँहरूमा बिहीबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन घाटहरू दुलहीझैँ सिँगारिएका हुन् ।

सूर्यको पूजाअर्चना गरी मनाइने छठ पर्वको तेस्रो दिन बिहीबार कात्तिक शुक्ल षष्ठी तिथिको साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिन घाटहरू सजाइएको हो । माटोको घैला, दियो, ढकनी, सर्वी, हात्ती, पानालगायतका सामग्रीसहित बाँसको कोनिया, ढक्की, नाङ्लोमा केरा, ठकुवा, भुसवा, खजुरीलगायतका परिकारहरू राखेर जलाशयमा शरीर डुबाउँदै अस्ताउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ ।

 

अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि राति जलाशय, नदी, तलाउ किनारमा अर्घ्य दिइएका सामग्रीहरू कतिपयले घरमै ल्याएर पुनः भोलिपल्ट झिसमिसमै घाटमा पुर्‍याउँछन् भने कतिपयले त्यहीँ राखेर रातभर नाचगान र रमाइलो गर्छन् । कात्तिक शुक्ल सप्तमी तिथिका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपूजा समापन भएको मानिन्छ। कात्तिक शुक्ल षष्ठीको साँझ अस्ताउँदो र सप्तमीको बिहान उदाउँदो सूर्यलाई अर्घ्यसहित गरिने छठपूजाले निरोगी हुने, निःसन्तान दम्पतीले सन्तान प्राप्ति गर्ने, सन्तान अकाल मृत्युबाट जोगिने, छालाजन्य रोगव्याधि नलाग्ने धार्मिक मान्यता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित