लहानमा पत्रकार लाई सूचनाको हक सम्बन्धी प्रशिक्षण

Picture of हरियो पाटी

हरियो पाटी

542
SHARES
743
VIEWS

साउन -२९ सिरहा। सिरहाको लहान स्थित प्यासिफिक होटलमा यूएसएआईडीको( USAID) सहयोगमा एसिया फाउण्डेशनको सहकार्यमा संचारिका समूहको आयोजनामा प्रशिक्षण सुरु भएको छ ।

उक्त प्रशिक्षण मा सिरहा सप्तरी र उदयपुर जिल्लाका पत्रकारहरूलाई सूचनाको हक र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी प्रशिक्षण सुरु भएको छ । ।

कार्यक्रममा विभिन्न संचार माध्यममा कार्यरत २५ जना पत्रकारहरूको सहभागिता रहेका छन् ।
प्रशिक्षणको मुख्य उद्देश्य पत्रकारहरूलाई सूचनाको हक सम्बन्धी कानूनी ज्ञान प्रदान गर्नुका साथै, पत्रकारितामा एआईको प्रयोग र यसको चुनौती बारे जानकारी दिनु रहेको छ ।

प्रशिक्षणका क्रममा सहभागी पत्रकारहरूले सूचनाको हक कानून र यसको कार्यान्वयन, एआईका नयाँ प्रविधिहरू, पत्रकारितामा हुने यसको प्रयोग, साथै पत्रकारितामा यसले पार्न सक्ने सकारात्मक र नकारात्मक प्रभावहरूबारे छलफल गरेका थिए। कार्यक्रममा विज्ञ प्रशिक्षकहरूले विविध प्रस्तुतीकरण र अन्तर्क्रिया सत्रमार्फत पत्रकारहरूको ज्ञान अभिवृद्धि गरेका थिए।

यस किसिमका तालीमहरूले पत्रकारिताको क्षेत्रमा नयाँ प्रविधि र सूचनाको हकको ज्ञानलाई प्रवर्द्धन गर्दै, पत्रकारहरूको क्षमतालाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ। कार्यक्रमको उद्घाटन प्रदेश सांसद राजेन्द्र प्रसाद चौधरीले गरेको थियो सोमबर बाट सचालन उक्त प्रशिक्षण दुइदिन सम्म चलने आयो जक ले जना एको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित