चितवन घटना : सुसाइड नोट शालिनकै भएको पुष्टि

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

चितवन  चितवनको रत्ननगर नगरपालिका–१० स्थित एकता शिशु निकेतनको होस्टेलमा मृत भेटिएकी शालिन पोखरेलको सुसाइड नोटको रिपोर्ट आएको छ । केन्द्रीय प्रहरी विधिविज्ञान प्रयोगशालाले सुसाइड नोटको परीक्षण रिपोर्ट चितवन प्रहरीलाई पठाएको हो ।

सुसाइड नोटमा लेखिएको अक्षर र १४ वर्षीया पोखरेलको अक्षर ‘म्याच’ भएको छ । विधिविज्ञान प्रयोगशालाबाट ‘कमन अथर’ भनेर रिपोर्ट प्राप्त भएको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी श्रीराम भण्डारीले रातोपाटीलाई बताए । उनले भने,‘मृतकको अक्षर र घटनास्थलमा भेटिएको नोटको अक्षर समान रहेको परीक्षणबाट देखिएको छ ।’

फागुन १२ मा पोखरेल प्लाष्टिकको डोरीमा झुण्डिएको अवस्थामा मृत भेटिएकी थिइन् । घटना अनुसन्धानका लागि प्रहरीले स्कुलका प्रिन्सिपल, भाइस प्रिन्सिपल र होस्टलको वार्डेनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर नगरपालिका–१० बस्ने ६० वर्षीय बालहरी देवकोटा, ४० वर्षीय किरण बहादुर अधिकारी र ४८ वर्षका कमल शर्मा पौडेल छन् । उनीहरुविरुद्ध प्रहरीले ज्यान सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

यस्तै शालिन पोखरेलको मंगलबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । मृतकका पिताले छोरीको पार्थिव शरीरमा दाग बत्ती दिएका थिए । त्यहाँ उपस्थित आफन्तले शालिनको मृत्यु प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै न्यायका लागि माग गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित