मिर्चैया नगरपालिका बाट राहदानी वितरण

Picture of हरियो पाटी

हरियो पाटी

516
SHARES
707
VIEWS

सिरहा, ४ माघ। सिरहाको मिर्चैया नगरपालिकाले देशमै पहिलोपटक पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु गरेको छ। नगरपालिकाले बुधबारदेखि पालिकाबाटै पहिलो पटक राहदानी वितरण प्रक्रिया सुरु गरेको हो।

नगरप्रमुख श्रवणकुमार यादवले मिर्चैया नगरपालिका ६ की सर्मिला कुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै राहदानी वितरण सुरु गरेको नगरपालिकाले बताएको छ।

अब पालिकाबासी राहदानीकै लागि जिल्ला सदरमुकाम सिरहा पटक पटक धाउनु नपर्ने नगर प्रमुख यादवले बताए। उनले राहदानीको लागि जिल्ला प्रशासन कार्यालय पटक पटक धानुपर्ने बाध्यताको अन्त्य भएको बताउँर्द आउने दिनेमा यसलाई अझै चुस्त बनाउने जनाए।

बायोमेट्रिकबाहेक आवेदनलगायतका सम्पूर्ण काम पालिकाबाटै हुने बताए। पालिकाबाटै राहदानी पाउने भएपछि स्थानीय खुसी भएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित