काठमाडौंमा भोलिदेखि भारतीय सिनेमा चल्न नदिने महानगरको तयारी

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
702
VIEWS

असार ३ काठमाडौं । काठमाडौं महानगरपालिकाले भोलिदेखि काठमाडौं महानगरपालिकाभित्रका हलमा भारतीय सिनेमाको प्रदर्शनमा रोक लगाउने तयारी गरेको छ ।

भारतीय चलचित्र आदिपुरुषमा रहेको विवादित संवाद हटाउन तीन दिनको समय दिइएको तर भारतीय फिल्ममा निर्वाध सो संवाद कायमै रहेकाले भोलिदेखि हलमा कुनै पनि भारतीय चलचित्र चल्न नदिने तयारी भएको महानगर स्रोतले जानकारी दिएको छ ।

यसअघि महानगरका मेयर बालेन शाहले उक्त चलचित्रमा रहेका संवाद हटाउन तीन दिनको समय दिएका थिए ।

“हामीले तीन दिनको समय दिएका थियौँ, तर फिल्ममा उक्त संवाद हटाएको पाएनौँ भोलिदेखि चल्न नदिने तयारी हो,” महानगर स्रोतले बाह्रखरीसँग कुरा गर्दै भन्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित