११ घण्टापछि ओर्लिए हाइटेन्सन लाइनको पोलमा चढेका युवक

Picture of हरियो पाटी

हरियो पाटी

521
SHARES
714
VIEWS

बैशाख ३० बिराटनगर -बिहान साढे ६ बजेदेखि हाइटेन्सन लाइनको पोलमा चढेका युवक तल झरेका छन्। मोरङ बुढीगंगाका गाउँपालिका–७ डंग्राहाका ४० वर्षीय दिनेशकुमार माझी ५ बजेतिर पोलबाट ओर्लिएका हुन्।

गाउँपालिका अध्यक्ष जितनारायण थापालगायतले फकाएर उनलाई तल झारेका हुन्।माझीले सडकको रिटेनिङ वालको काम गुणस्तरहीन भएको भन्दै काम रोक्न माग राख्दै हाइटेन्सन लाइनको पोलमा चढेका थिए। उनले गाउँपालिका अध्यक्ष थापाबाट प्रतिबद्धताको माग गरेका थिए।

थापा धनकुटामा थिए। उक्त खबर पाएर फर्किएपछि फकाएर माझीलाई तल झारिएको हो। बुढीगंगा ७ वडा कार्यालयदेखि दक्षिण जाने सडकमा रिटेनिङ वाल निर्माणको काम भइरहेको छ। त्यही रिटेनिङ वाल रोक्नुपर्ने ती युवकको माग छ। उनले सडकमा भएको काम गुणस्तरीय बनाउने प्रतिबद्धता खोजेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित